२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौ संरक्षण केन्द्रमै मरे ४६ गाई

अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका ४६ गाई मरेका छन् । बाघको आक्रमण, स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४६ गाई मरेका हुन् ।

संरक्षण केन्द्रमा तीन महीनाको अवधिमा ४६ गाई मरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसअवधिमा बाघको आक्रमणबाट मात्र २० वटा गाई मरेका छन् । श्रेष्ठका अनुसार दैनिकरुपमा गाई थपिने तर खानाको व्यवस्था हुन नसक्दा गाई मर्ने क्रम शुरु भएको हो ।

संरक्षण केन्द्र नजिक झाडी रहेकाले बाघले गाईलाई आक्रमण गरेपछि झाडी सफा गरिएको छ । झाडी सफा गरेपछि बाघले गाई आक्रमण गर्न छाडेको छ । संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन चार वटा सोलार जडान गर्ने तयारी गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । २०५ गाई रहेको संरक्षण केन्द्रमा ३० वटा गाई ब्याउने अवस्थामा रहेको छ । गाईलाई चोकर दाना घाँस र स्वच्छ खानेपानीको व्यवस्था गर्न कठिनाइ भएको छ । गाईलाई दिउँसोको समयमा चौरमा चराउन लैजाने गरिएको छ । परालमा दुई लाख खर्च भइसकेको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार केन्द्रमा दिनदिनै गाई थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । गाईलाई पानी खुवाउनका लागि सोही ठाउँमा पोखरी खनिएको छ तर उक्त पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको श्रेष्ठले बताए। “गाई दैनिकरुपमा थपिँदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा भविष्यमा समस्या हुन सक्ने देखिएको छ”, उनले भने ।

गाईले संरक्षण केन्द्रकै हाताभित्र रहेको दुवो घाँससमेत खाएर सकाएका छन् । जसले संरक्षण केन्द्रको चौर बालुवामा परिणत भएको छ । संरक्षण केन्द्रमा रहेका गाईको हेरचाहका लागि दुई जना हेरालो खटाइएको छ । हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने गरेका छन् ।

नगरपालिकाको १७ लाख र स्थानीयवासीको तीन लाख गरी २० लाखको लागतमा संरक्षण केन्द्र निर्माण गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार गाई संरक्षण केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । गाई खरीदका लागि मानिस आउने गरे पनि कार्यविधि नबनेका कारण बिक्री गर्न रोक लगाइएको छ ।

संरक्षण केन्द्र वरपर चरणका लागि जग्गा अभाव रहेकाले वडाभित्र र वडा बाहिर रहेका ठाउँको खोजी भइरहेको छ । नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या भएपछि संरक्षण केन्द्र निर्माण गरिएको थियो । छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो । स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयवासीले नगरपालिकालाई पटक–पटक आग्रह गर्दै आएका थिए । रासस