२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकल महिला आयआर्जन कार्यक्रम सञ्चालन

अ+ अ-

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकास्थित एकल महिलालाई आयआर्जनका लागि तरकारी तथा फलफूल खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले आयआर्जन तालीममार्फत स्वावलम्बन बनाइने योजना बनाइएको हो ।

एकल महिलालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा तालीमको आयोजना गरिएको नगरका उपप्रमुख एवं एकल महिला समूह काभ्रेपलाञ्चोकका अध्यक्ष रामदेवी तामाङले बताए । उनले भने, “हामी क्रमैसँग नगरका एकल महिलालाई चरणबद्ध तरकारी तथा फलफूल तालीम दिनेछौँ, यसले हरियाली नगर बनाउने उद्देश्यमा टेवा पुग्ने पनि अपेक्षा गरेका छौँ ।” उनले एकल महिलालाई विभिन्न स्रोतमार्फत आयआर्जनमा सहयोग गर्दै स्वरोजगार बनाउनुपर्ने आवश्यकता औँल्याए ।

पाँच दिने तालीममा बेमौसमी तथा मौसमी तरकारीखेती प्रविधि, नर्सरी स्थापना एवं व्यवस्थापन, लहरे तरकारी बाली, यिनका महत्व तथा मूल बीउ उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा माटो परीक्षण एवं सुधार तथा तरकारी र फलफूल खेतका लागि आवश्यक प्राङ्गारिक मल प्रयोगका बारेमा एकल महिला कृषकलाई जानकारी गराइएको एकल महिला समूह नमोबुद्ध नगर समितिका अध्यक्ष ललिता पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार हाल तालीममा नगरका ११ वटा वडाका ५५ जना एकल महिलालाई सहभागी गराइएको छ । वृद्धा एकल महिलाभन्दा युवा एकल महिलाको पीडा दर्दनाक भएको उल्लेख गर्दै आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य एवं पौष्टिक आहारका लागि आर्थिक उपार्जन आजको आवश्यकता भएकाले एकल महिलाका लागि आयआर्जन कार्यक्रम गर्नुपर्ने भएको पराजुलीले बताए । “हाम्रा आवश्यकता अनगिन्ती छन्, अब ती आवश्यकता आफैँले पूर्ति गर्नुपर्नेछ”, उनको दुःखेसो थियो ।

नमोबुद्ध नगरमा एक हजार ३५ जना एकल महिला छन् । उनीहरुमा परम्परागत खेतीभन्दा आधुनिक एवं व्यावसायिक तरिकाले तरकारी तथा फलफूल खेतीका लागि बगैँचा स्थापना एवं व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको नगरका कृषि शाखाप्रमुख रेशम दाहालले बताए ।

नमोबुद्ध नपा–५ कानपुरका प्रशिक्षार्थी विमला खनालले तालीममा व्यावसायिक तरकारी तथा फलफूल खेतीका लागि जैविक विषादी बनाउने विधि, रोग पहिचान, बालीअनुसार जैविक विषादी प्रयोग गर्ने मात्राबारे विस्तृक जानकारी पाइएको बताए । तालीममा स्थानीय तरकारी तथा फलफूलका लागि उपयुक्त हावापानीअनुसार प्रतिमहिला छ वटा फलफूलको बिरुवा वितरण गरिएको छ । नगरका कृषि संयोजक एवं ९ नम्बर वडाध्यक्ष मेलबहादुर तामाङले नगरका सबै बासिन्दाले अनिवार्य रुपमा व्यावसायिक कृषकबाहेक कम्तीमा पाँचवटा मात्रै भए पनि फलफूलका बिरुवा रोप्नुपर्ने नीति बनाइएको बताए । रासस