११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३३ प्रतिशत मकै वानरद्वारा सखाप

अ+ अ-

स्याङ्जा । विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतङ्कबाट हैरान बनेका छन् ।

किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी र फलफूलमा पुर्‍याएको क्षतिले किसान निराश बनेका छन् । विहादी – ४ लिङसियाकी रन्नता पाठकले भने, “बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पार्‍यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो ।”

वानरकै कारण पाँच रोपनी जमीनमा लगाएको तरकारीका साथै फलफूल खेतीसमेत गर्न छाड्नुपरेको बताउँदै पाठकले खाना र भाँडासमेत वानरले बोकेर लैजान थालेकाले बसाइँसराइ सरेर जाने क्रम बढेको जानकारी दिए ।

सोही गाउँपालिका ५ उरामका एकनारायण काफ्लेले वानरले तीन रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै खाएर सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताए ।

गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकाका ३३ प्रतिशत मकै वानरले खाइसकेको जानकारी दिँदै यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको बताए ।

गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको बताउँदै कुनै त्यस्तो खालको प्रविधि भएका खण्डमा नियन्त्रणका लागि प्रयोग गर्ने योजनामा रहेको अध्यक्ष भुसालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस