१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा पनि ‘फुटसल’

अ+ अ-

बागलुङ। फुटबलको सानो रुप ‘फुटसल’ बागलुङमा पनि खेल्न पाइने भएको छ ।

कोठाभित्र खेलिने फुटसल मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । रसआवर फुटसल प्रालिले बागलुङ नगरपालिका–३ गुठीमा फुटसल खेल सुरुआत गर्न लागेको हो । फुटसल मैदान बनाउन एक करोड २० लाख लगानी भएको प्रालिका राजु केसीले बताए ।

“आउँदो दुई साताभित्रै फुटसल खेल सञ्चालनमा आउँछ” केसीले भने“धवलागिरि अञ्चलमै पहिलोपटक बागलुङमा फुटसल खेल सुरु हुँदैछ ।” केसीसहित चारजना युवा मिलेर फुटसलमा लगानी गरेका हुन् ।

खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन, खेल पर्यटनजस्ता क्षेत्रमा फुटसलले टेवा पुग्ने जनाइएको छ । फुटसलसँगै रेष्टुराँ र स्नुकर हाउस पनि खोल्ने तयारी रहेको केसीले जानकारी दिए ।

फुटसल बिहान ५ देखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ । केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रदीप शर्माले मासिक ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा खरिद गरेर फुटसल मैदान निर्माण गरेका हुन् । नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल सहरी युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । पछिल्लो समय फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ ।

फुटसल खेलको औपचारिक सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो । फुटसललाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले खेलका रुपमा समेत मान्यता दिएको छ । फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ५–५ जना खेलाडीबीच ४० मिनेट खेलाइन्छ । फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् । रासस

प्रतिक्रिया दिनुहोस