८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपडा तथा सुनचाँदी व्यवसायीको गुनासो: ‘दशैँमा सोचेजस्तो व्यापार भएन’

अ अ+ अ-

काठमाडौँ । यस पटकको दसैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

काठमाडौँको न्युरोड, ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरुले यस पटकको दसैँमा कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको गुनासो गरेका हुन् । गत वर्षहरुमा न्युरोड तथा पाटन क्षेत्रमा देसैँभर किनमेल गर्नेको बाक्लो भीड हुने गर्दथ्यो । व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्दथे ।

यस वर्ष रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा गएको बाढीका कारण सिर्जित समस्या र सामनमा भएको मूल्यवृद्धिको कारण व्यापार प्रभावित भएको व्यवसायीहरुको अनुभव छ । कतिपय व्यवसायीले दसैँका लागि लाखौँ रुपैयाँको सामान तयारी अवस्थामा राखेपनि अपेक्षित विक्री हुन नसकेको गुनासो गरेका छन् ।

कपडा व्यवसायी प्रमिला श्रेष्ठले यस वर्ष दसैका लागि चारदेखि पाँच लाख रुपैयाँ बराबरको सामान विक्रीका लागि राखे पनि सोचेजस्तो व्यापार नभएको बताउँछन् । रसुवामा आएको बाढीको कारण आम नागरिकको दसैँ नै प्रभावित भएको कारण अपेक्षित व्यापार नभएको उनको बुझाइ छ । उनले विगतका वर्षहरुभन्दा झन्डै आधा जति मात्र व्यापार भएको बताए ।

उनले भने, ‘यो पालीको दशैँमा खासै राम्रो व्यापार भएन । ४-५ लाखको सामान निकालेका थिएँ । तर सोचेजस्तो भएन । अहिले नागरिक सबै पीडामा भएर पनि यस पटक सोचेजस्तो व्यापार हुन सकेन ।’

कपडा व्यवसायी प्रचण्डराज जोशीले यस वर्षको दशैंमा व्यापार व्यवसाय अघिल्ला वर्षको तुलनामा निकै खस्किएको बताउँछन् । उनले सधैं लाखौँ फाइदा हुने गरेको व्यापार गर्ने गरेपनि यसपटक लगानी समेत उठ्न नसकेको गुनासो गरे ।

उनले भने, ‘अहिले व्यापार व्यवसाय पहिलेको भन्दा धेरै नै खस्किएको छ । विशेषगरी रसुवा बाढी आएपछि व्यापार नराम्रोसँग प्रभावित भयो । यो पटक दशैं घाटामै गयो ।’

अर्का कपडा व्यवसायी राम नेपालीले पनि यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा करिब आधा कम व्यापार भएको बताए । नागरिकमा उल्लासको कमी तथा विपद्जन्य घटनाको कारण दसैँमा व्यापार खस्किएको उनको अनुभव छ ।

उनले भने, ‘सधैँको दसैँमा एकदमै राम्रो व्यापार हुन्थ्यो । अहिले त एकदम कम भयो । पछिल्लो समय विभिन्न नदीमा आएको बाढी र सामान पनि महंगिएको कारणले सोचेजस्तो व्यापार हुन सकेन । पोहोर सालभन्दा झण्डै आधा कम व्यापार भयो यो पटक ।’

सुनचाँदी व्यवसायी जेनी शाक्यले पनि दसैँमा सुनचाँदीका गरगहनाको कारोबार अपेक्षाअनुसार हुन नसकेको गुनासो गरे । बाढीबाट प्रभावित भएका नागरिकले दसैँ समेत मनाउन नपाएको कारण सुनचाँदीको मात्र नभई सबै क्षेत्रमा अपेक्षाकृत व्यापार हुन नसकेको उनको अनुभव छ ।

उनले भने, ‘यो पटकको दसैँमा सुनचाँदीका गरगहनाको सोचेजस्तो व्यापा भएन । धेरै मानिस पीडामा परेको तथा धेरै जनाले दसैँ नै नमनाएको कारणले पनि हुनसक्छ व्यापार खस्किएको हो । अन्य व्यवसायको तुलनामा सुनको व्यापार अलि थोरै नै हुने भएपनि यस पटकको केही कुराको पनि व्यापार त्यस्तो सोचेजस्तो भएको छैन ।’

व्यवसायीहरुले दसैँलाई लक्षित गरेर सामानको मौज्दात तथा तयारी गरिए पनि बजारमा माग अपेक्षाअनुसार नबढ्दा व्यापारमा कमी आएको छ ।

0 Comments