कामाडौं । भोजपुरका एक शिक्षकले तलबबाट कट्टा गरी सञ्चय गर्न पठाएको ३३ हजार रुपैयाँ कर्मचारी सञ्चयकोषबाट गायब भएको बताएका छन् ।
कालिका मावि हेलौछा भोजपुरका शिक्षक हेमन्त जंग कठेतले दुई वर्ष अघि एक चौमासिकबाट कट्टा गरी कर्मचारी सञ्चयकोषमा पठाएको रुपैयाँ हालसम्म पनि जम्मा नभएको बताएका हुन् ।
विराटनगर कोषको कार्यालयमा जम्मा गरेको रुपैयाँ हालसम्म पनि आफ्नो सञ्चयकोषमा नदेखिएपछि शिक्षक हेमन्तजंग कठेतले सोधखोज गरेका छन् । उनले जम्मा गरेको भौचर अर्धकट्टिसहित कोषको कार्यालयमा जाँदा पनि कुनै सुनुवाई नभएको बताएका छन् ।
उनिसँगै जम्मा गर्न पठाएको अरुको जम्मा भएको तर आफ्नो ३३ हजार रुपैयाँ जम्मा नभएको बताएका छन् ।
विराटनगर कार्यालयले कुनै सुनुवाई नगर्दा उनी केन्दीय कार्यालय काठामाडौं पुग्दा पनि त्यहाँका कर्मचारीले आलटाले जवाफ दिएको बताएका छन् ।
शिक्षक कठेतले यसबार सोधखाज गरिदिन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । उनी भन्छन्, ‘एउटा शिक्षकले यसरी दुख् गरेर कमाएको पैसा सञ्चयकताले गायब गरिदिँदा पीर पर्दोरहेछ ।’







