२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सतबीज छरिँदै

अ+ अ-

काठमाडौं । दिवङ्गत भएका आफन्तको सम्झनामा सोमबार हिन्दू धर्मावलम्बीले देशका विभिन्न मठमन्दिरमा सतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् । आराध्यदेवका रूपमा हेरिने पशुपति क्षेत्रको भागलभुगल र श्लेषमान्तक वनमा सतबीज छरे दिवङ्गतले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन विभिन्न अन्नअनाज र गेडागुडी छरेर मृतक आफन्तको मोक्षको कामना गरिन्छ । आइतबार साँझ सतबीज छर्नेले जाग्राम रही महाद्वीप बालेका छन् । महाद्वीप बालेको भोलिपल्ट सतबीज छर्नेका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानमा रात बस्न त्रिपालको व्यवस्था गरेको छ ।

परापूर्वकालमा राक्षसले शवदाहका लागि ल्याइएको शवबाट मासु खान थालेपछि उसलाई मार्न बालानन्द नामका मीतलाई अह्राइएको थियो । मीतले राक्षसको बध गरेपछि श्लेषमान्तक वनमा भौँतारिइरहेका बालानन्दलाई महादेवले आजको दिन वनमा सतबीज छरे मनको सन्ताप हट्ने र मर्नेले पनि मोक्ष पाउने सल्लाह दिएपछि सतबीज छर्ने प्रचलन रहेको किंवदन्ती छ ।

यही अवसरमा पशुपतिनाथको साथमा रहेको एकमुखे रुद्राक्ष र नागमणि आइतबार भक्तजनलाई अवलोकन गराइएको छ । सतबीज पर्व सकिएपछि मङ्गलबार पनि यो प्रदर्शन हुन्छ । यो चतुर्दशीका दिन पशुपतिनाथलाई भक्तजनले ढुकुटीमै राखिदिनू भनी अर्पण गरेको धनमाल पनि ढुकुटीमा राख्ने गरिन्छ । यसैले यो पर्वलाई पशुपति क्षेत्रमा महत्वका साथ लिने गरिन्छ ।