२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्ग : भिर कटान गर्न नसक्दा निर्माणमा समस्या

अ+ अ-

जाजरकोट । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ ।

कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५ सय मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको ३५ किमि सडकको स्तरोन्नतिको काम सुरु भएको छ । अन्य स्थानमा यातायातका साधन सञ्चालन भइरहेका छन् । मन्ता र कालढुङ्गा भिरका कारण जाजरकोट खण्डको पूरै ट्र्याक खुल्न नसकेको हो । एकैसाथ निर्माण सुरु भएको रुकुम र दैलेख खण्डमा भने दुई वर्षअघि नै स्तरोन्नतिको काम सुरु भएको थियो ।

अहिले दुवै जिल्लामा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । जाजरकोट खण्डमा भेरी नदी र थलहजारमा पुल बन्न नसक्दा सडक निर्माणले गति लिन नसकेको हो । मन्ताभिरमा काम गर्न छोडेको सात वर्ष बितिसकेको छ । मन्ताभिर खण्डको निर्माणको जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भएको भन्दै सडक निर्माणको काम अलपत्र पारेको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग योजना कार्यालय, दैलेखका प्रमुख नारायणप्रसाद निउरेकाअनुसार ठेक्का लागेको नौ वर्षसम्म पनि भिर फुटाउने काम सम्पन्न हुन सकेको छैन ।

“मन्ताभिरको ५०० मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ताभिर काट्न तयार नभएपछि ठेकेदारलाई पेनाल्टीसमेत लगाएर कारबाही गरियो”, “मन्ताभिरको ५०० मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ताभिर काट्न तयार नभएपछि ठेकेदारलाई ‘पेनाल्टी’समेत लगाएर कारवाही गरियो”, उनले भने, “तर अझै पनि उक्त भिर कसरी फोड्ने भन्नेबारे अन्योल छ ।” उनले चालू आवभित्र भिर फोड्ने काम सकिने आशा व्यक्त गरे ।

चालू आवमा लोकमार्गको कार्की गाउँबाट दशेरा हुँदै सुयाँडासम्मका लागि स्तरोन्नतिको ठेक्का टेण्डर कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साढे २ अर्ब रुपैयाँको लगानीमा स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का भएको हो । बोलपत्रको प्राविधिक कामको मूल्याङ्कन भइरहेको योजना प्रमुख निउरेले जानकारी दिए । उनले उक्त बोलपत्रबाट मन्ताभिरको समस्या समाधान हुने बताए । थलहबजारको पुल निर्माणको काम पनि चालू आवमै सकिने उनको दाबी छ ।

उता पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्न भेरी नदीमा पुल निर्माणको काम सुरु भएको सात वर्ष बिते पनि अझै पूरा हुन सकेको छैन । पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो । पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो । “स्तरोन्नतिपछि सडकमा सात मिटर पिचसहित नौ मिटर चौडाइको लोकमार्ग बन्नेछ”, निउरेले भने, “तीन वर्षभित्र सडक स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य छ ।” यो ठेक्का खोल्नु नै जाजरकोटको लागि छलाङ भएको उनले दाबी गरे । पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट पुग्ने १ हजार ६६५ किमिको लोकमार्गको जाजरकोट खण्डले दुई नगरपालिकालाई मात्र छोएको छ ।