डोटी । डोटीको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान शंकर खड्का र प्रहरी जवान लिपक शामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले निलम्बन गरेको छ ।
मंसिर ८ गते जोरायल गाउँपालिका–४ घर भई कैलालीको गोदावरी बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरी चौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको थियो । मृतका बुवा तिलक सिंह पालीले दुबै प्रहरी जवानको नाममा कर्तब्य ज्यान शीर्षकमा मुद्धा किटानी जाहेरी दिएका थिए ।
सोही घटनाको सन्दर्भमा प्रहरी कार्यालयले द्धय जवानलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले बताएका छन् ।
पाली डोटीको गैराका उधव सिंह सेठीको से १ज२९२ नम्बरको जीपका चालक हुन् । उनको शव डडेल्धुरा अस्पतालमा राखिएको थियो । बिहिबार मृततको परिवारका सदस्यहरु अस्पताल पुगेपछि पोष्ठमार्टम गरी सव परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिएका छन् ।








