२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तल्लो मोदी १ का कर्मचारी आन्दोलित

अ+ अ-

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् ।

यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ आयोजना र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको छ । केही महिनाअघि पनि कर्मचारी र आयोजनाबीच विवाद भएपछि १२ प्रतिशतसम्म तलब वृद्धि गर्ने सहमतिसहित विवाद सुल्झिए पनि पुनः कर्मचारीले तलब वृद्धि नगरी भत्तामात्रै वृद्धि गरेको भन्दै आन्दोलित बनेका हुन् । आयोजनामा कार्यरत असन्तुष्ट ३५ कर्मचारीले आयोजनाले पटक–पटक आफूहरुलाई झुक्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले आवश्यक न्याय दिलाउन माग गरेका छन् ।

“आयोजनाले हाम्रो माग कहिल्यै सुनुवाइ गरेन”, आन्दोलित कर्मचारी सङ्घर्ष समितिका संयोजक भुवन अधिकारीले भने,“ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको निर्णय पनि कार्यान्वयन नगर्दा झनै समस्या भयो”, उनले आइतबारसम्म पुनःविचार नगरेमा आयोजनाको सम्पूर्ण तालाचाबी प्रवद्र्धक कम्पनीलाई बुझाउने चेतावनी दिन ।

आन्दोलनरत कर्मचारीले ४० प्रतिशत तलब वृद्धि, महङ्गी भत्तालगायतका भत्ता रकम वृद्धि, पोशाक भत्ता, बीमालगायतका माग राखेका थिए । श्रम ऐनअनुसार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको थियो ।

यता आयोजनाका निर्देशक उपेन्द्र गौतमले भने कर्मचारीको असन्तुष्टि बेला–बेलामा रहँदै आएको र आयोजना र कर्मचारीबीच देखिएका समस्यालाई छिट्टै नै बसेर सहमति खोजिने बताए । दश मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाले विगत आठ वर्षदेखि उत्पादन दिँदै आएको छ ।