२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका व्यक्तिलाई संविधानमा अधिकार सुनिश्चित गरिएको छ : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।

अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना दिँदै उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि काँग्रेस सदैब क्रियाशील रहिरहने बताए ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार प्राप्तिका लागि अन्तरराष्ट्रियरुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइले पुर्‍याएको साहसिक र महत्वपूर्ण योगदानको काँग्रेस उच्च सम्मान गर्दछ । मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने काँग्रेसको धारणा रहँदै आएको छ”, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गरेका छन् ।