२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानीसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न जोड

अ+ अ-

सुर्खेत । नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकसम्बन्धी संवैधानिक प्रावधानको व्यवहारमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत अवस्था विषयक प्रदेशस्तरीय गोष्ठीका सहभागीले खाने पानीसम्बन्धी मौलिक हक कार्यान्वयनमा राज्यका तीन वटै तहका सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका हुन् । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकका रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेको बताए ।

“सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाइसम्बन्धी कानून निर्माण गरी नागरिकको आधारभूत खानेपानीको हकलाई सम्मान, संरक्षक र परिपूर्ति गर्नुपर्ने संविधानमा उल्लेख छ,” उनले भने, “तर अहिलेसम्म खानेपानीसम्बन्धी कानून प्राथमिकताको विषय बनिरहेको छैन् ।” कानून बनाउँदा तीन वटै तहको समन्वय हुनुपर्ने उनको भनाइ छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले पानीका मुहानको संरक्षण गर्न, स्रोतहरु विस्तार गर्न प्रदेश र स्थानीय सरकारले बेवास्ता गरेको विचार व्यक्त गरे ।

“स्वच्छ खानेपानी उपलब्ध गराउने दायित्व राज्यको हो, सोही अनुरुपको नीति र कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहबीच सरसफाइका कार्यक्रममा एकरुपता आउनुपर्छ,” उनले भने । कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अम्मरबहादुर थापाले आवश्यक खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक नीति निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

प्राविधिक जनशक्तिको उचित व्यवस्थापन गरी गैरसरकारी संस्थालाई परिचालन गर्न सके आधारभूत रुपमा खानेपानीको समस्या समाधान गर्न मद्दत पुग्ने उनले बताए । सहभागीले स्थानीय र प्रदेश सरकारले खानेपानी तथा सरसफाइका कार्यक्रमको साटो सडक निर्माणलाई मात्र प्राथमिकतामा राखिएको, खानेपानी योजनाको मर्मत हुन नसकेको, प्रदेश राजधानी सहरको फोहरमैला व्यवस्थापनमा चासो नदिएको धारणा व्यक्त गरेका थिए ।