२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश निर्वाचन कोषको बजेट बाँडफाँट

अ+ अ-

दमौली । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि विभिन्न योजना छनोट गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङले तीन स्थानीय तहमा १४ योजना छनाट गरी रकम विनियोजन गरेका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि रु दुई करोडको योजना छनोट गर्न पाउने प्रावधानअनुसार उनले भिमाद नगरपालिकामा रु एक करोड, घिरिङ गाउँपालिकामा र ऋषिङ गाउँपालिकामा रु ५०/५० लाखको योजना छनोट गरेका छन् । सोअनुसार भिमाद–४ स्थित नरिकोट सडक स्तरवृद्धिका लागि रु २० लाख, वडा नं ५ स्थित शीतलमार्ग स्तरवृद्धिका लागि रु २० लाख, वडा नं ९ स्थित सिद्धगुफा मोहरिया मोटरमार्ग स्तरवृद्धिका लागि रु १० लाख, वडा नं ९ कै धन्दुर इको पार्क तथा पर्यापर्यटन पूर्वाधार निर्माणका लागि रु २५ लाख र सोही वडास्थित भानुमती मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषक समूहको भौतिक निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

घिरिङ–३ स्थित चक्रदेवी मोटरमार्ग मानपुर नेउपानी स्तरवृद्धिका लागि रु १५ लाख, वडा नं ५ स्थित मोहरिया धेनुङ मोटरमार्ग स्तरवृद्धिका लागि रु १५ लाख, वडा नं २ स्थित कटहरे डुम्रीबेँसी मोटरमार्ग खेलन्दी खोला कल्भर्ट निर्माणका लागि रु २० लाख विनियोजन गरिएको छ ।

यस्तै ऋषिङका वडा नं १ र २ स्थित शुकेपोखरी धनुबास ग्वास्लुङ कोइदिम धबला मोटरमार्गका लागि रु २५ लाख, वडा नं ६ स्थित लाफा भिलेज भवन निर्माणका लागि रु ५ लाख, वडा नं ४ स्थित भिरकोट जनजाति सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, वडा नं ५ स्थित राम्जाकोट दलित सामुदायिक भवन निर्माणका लागि रु ५ लाख, वडा नं ८ स्थित अजम्बरी आमा समूह भवनका लागि रु पाँच लाख र वडा नं २ स्थित टोड्केदी खानेपानी मर्मतका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

यसैबीच निर्वाचन क्षेत्र नं २ ९क० बाट प्रदेशसभामा निर्वाचित आशा कोइरालाले पनि आफ्नो निर्वाचन क्षेत्र शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा योजना छनोट गरेका छन् । सोअन्तर्गत व्यासस्थित गलेखामकोट मन्दिर निर्माणका लागि रु १० लाख, माहेन्द्री आधारभूत विद्यालय भवन निर्माणका लागि रु १० लाख, पाटन खेलमैदान निर्माणका लागि रु १० लाख र सगरमाथा आमा समूह भवन निर्माणका लागि रु २ लाख विनियोजन गरिएको छ ।

म्याग्देस्थित कालभैरव मन्दिरमा पूर्वाधार निर्माणका लागि रु ८ लाख, सालघारी गाउँस्वाँरा मोटरमार्गका लागि रु ८ लाख, बरचौर सामुदायिक भवन निर्माणका लागि रु सात लाख र शहीद स्मृति अतिथि स्वागतगृहका लागि रु ८ लाख बजेट विनियोजन गरिएको छ । यस्तै एकदेव आले स्मृति अतिथि स्वागतगृहका लागि रु आठ लाख, एकदेव आले स्मृति पर्यटन मार्गका लागि रु ५ लाख, जामुने राधा मावि मार्ग कालोपत्रका लागि रु १० लाख, घुम्ती सामुदायिक भवन निर्माणका लागि रु तीन लाख, विश्वकर्मा मन्दिर परिसर सामुदायिक भवन निर्माणका लागि रु तीन लाख, दलित सामुदायिक भवन निर्माणका लागि रु दुई लाख, त्रिवेणीधाम शवदाह गृह निर्माणका लागि रु ३५ लाख र शुक्ला नागढुङ्गा शवदाह गृह निर्माणका लागि रु २५ लाख विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बनाएको विकास क्षेत्र पूर्वाधार कार्यविधिअनुसार २५सम्म योजना बनाउनुपर्ने र त्यसमा बढीमा दुई योजना न्यूनतम रु २५ लाखभन्दा बढी बजेटका छनोट गर्नुपर्ने हुन्छ । यदि साना योजना बनाउनुपर्ने भएमा रु एक लाखसम्मका तीन र रु दुई लाखसम्मका पाँच योजना छनोट गर्न पाउने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार छनोट भएका योजनाको पहिलो चौमासिकमा १५, दोस्रोमा ३५ र तेस्रोमा ४० प्रतिशत योजनाको काम सम्पन्न हुनुपर्ने उल्लेख छ ।