१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुधवार नासुको विज्ञापन हुने

अ+ अ-

काठमाडौँ । राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूका लागि विज्ञापन हुने भएको छ ।

राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा ‘विज्ञापन तथा पदपूर्तिको कारबाही अघि बढाउन बाधा नपर्ने’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र सँगै लोक सेवा आयोगको नियमित वार्षिक कार्य तालिका अनुसार भोलि(बुधवार) नै विज्ञापन हुने भएको हो ।

आयोगको वार्षिक कार्य तालिका अनुसार पुसको अन्तिम बुधवार विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणीका अप्राविधिक पदहरूको विज्ञापन हुने उल्लेख छ ।

‘विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, केन्द्र, कार्यालय तथा निकायहरूबाट अनुरोध भई आएकोले नेपाल विविध सेवाको राजपत्र अनंकित प्रथम श्रेणीको कम्म्यूटर अपरेटरबाहेक अन्य पदको हकमा विज्ञापन तथा पदपूर्तिको कारबाही अघि बढाउन बाधा नपर्ने व्यहोरार यस मन्त्रालयको मिति २०७६/०९/२१ को निर्णयाअनुशार अनुरोध छ’ पदपूर्ति तथा विज्ञापन सम्बन्धमा सोमबार मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि कार्तिक १६ गते मन्त्रालयले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न सचिव स्तरीय निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी माग नगर्न सामान्य प्रशासन मन्त्रालयको सर्कुलर

लोक सेवा आयोगले छनौट गरी नियुक्तिका लागि सिफारिस गरेका कर्मचारीहरूलाई कतिपय स्थानीय तहले हाजिर नगराएपछि व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयको जिकिर रहेको थियो ।

आयोगको कार्य तालिका नै प्रभावित हुने गरी नियमित विज्ञापन रोक्ने मन्त्रालयको निर्णयबारे चौतर्फी विरोध भएपछि अन्ततः आफ्नो निर्णय फिर्ता लिएको हो ।

मन्त्रालयले अधिकृतको खोल्ने तर मुनिका दरबन्दीको रोक्ने गरी एउटै निजामती सेवाको पदपूर्तिमा दोहोरो मापदण्ड लागू भएको भन्दै नेपाल निजामती कर्मचारी गठन लगायत कर्मचारी सम्बन्ध ट्रेड युनियनहरूले विरोध गरेका थिए ।

सम्बन्धित समाचार : नासु-खरिदारको पदपूर्ति रोक्ने सचिवको निर्णय हास्यास्पद, कर्मचारी संगठनद्वारा भर्त्सना !

कर्मचारी समायोजन र व्यवस्थापनलाई समयमा पूर्णता दिन नसकिएको कमजोरीलाई ढाकछोप गर्ने उद्देश्यले कार्यरत र नयाँ जनशक्तिको भविष्यप्रति खेलबाड गर्न खोजेको उनीहरूको तर्क रहेको थियो ।

हेर्नुस् पत्र

प्रतिक्रिया दिनुहोस