२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रियस्तर विष्फोटन पदार्थ छ, ढुक्क हुनुस् शंका नगर्नुस् : नेपाली सेना

अ+ अ-

लोथर, मकवानपुर । नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ ।

सेनाको सुनाचुरी ईमल्सन प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र नियमित आपूर्तिमा शङ्का नगरी ढुक्क भएर प्रयोग गर्न आयोजना निर्माणकर्तालाई सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक सहायकरथी हेगेन्द्रलाल महर्जनले विश्वास दिलाए ।

आयोजना निर्माणकर्तालाई मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी ईमल्सन प्लान्टको निरीक्षण र त्यसबाट उत्पादित विष्फोटक पदार्थको काठमाडौँ–तराई मधेश द्रूतमार्गमा आज गुणस्तर परीक्षण पुष्टि गराउँदै सेनाले नियमित आपूर्ति र सुपथ मूल्यमा उपलब्ध हुनेमा पनि निश्चिन्त रहन सुझाव दिएको छ ।

उक्त प्लान्टमा यसै आर्थिक वर्षमा जडित नयाँ ईमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता २ हजार ४०० भए पनि आवश्यकताअनुसार दोब्बरसम्म उत्पादन बढाउन सकिने जनाउँदै सेनाले आपूर्तिमा पनि कुनै समस्या आउन नदिने प्रतिबद्धता जाहेर गरेको छ ।

उक्त ईमल्सन प्लाण्टका लागि चाहिने कच्चा पदार्थ दुवै छिमेकी मुलुकबाट आयात गर्दै आएको छ । उक्त प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ प्रतिकिलो १९८ मूल्य हाल कामय गरिएकोमा त्यसलाई कसरी मूल्य घटाउन सकिन्छ भन्ने बारेमा सैनिक मुख्यालयले गृहकार्य गरिरहेको छ । सेनाले विष्फोटक पदार्थको मूल्यमा सन्तुलन ल्याउन र नियमित आपूर्तिका लागि उत्पादनकर्ता कम्पनीसँगै सम्झौता गर्ने तयारी गरेको छ ।

गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त नयाँ प्लान्टबाट हालसम्म १९४ मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन भइसकेको छ । उत्पादित सामग्रीमध्ये हाल ४२ मेट्रिक टन मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो ।

नयाँ प्लान्टबाट उत्पादित विष्फोटक पदार्थ एक वर्षसम्म प्रयोग गर्न सकिने छ । कारखानामा हाल १ हजार २०० मेट्रिक टन कच्चा पदार्थ मौज्दात छ । पछिल्लो समय माग धेरै बढेकाले उत्पादन स्टक धेरै राख्नु नपरेको जानकारी दिइयो ।

विकास आयोजनालाई विस्फोटक पदार्थ ढुवानी सहज होस् भन्ने हेतुले सेनाले क्षेत्रगतरूपमा मुलुकका तीन स्थानमा २०० मेट्रिक टन क्षमताको डिपोमा भण्डारणको व्यवस्था गर्न लागिएको बताएको छ । पूर्वाधार निर्माण आयोजनाबाट आउन सक्ने मागलाई ध्यानमा राखेर सेनाले ७०० मेट्रिक टन विष्फोटक कच्चा पदार्थका लागि एलसी खोलिसकेको छ ।

म्याग्दीस्थित ३८ मेघावाट क्षमताको निलगिरि एक विद्युत् आयोजनाका निर्माणकर्ता बलराम खतिवडाले यस वर्षदेखि ठूला जलविद्युत् परियोजना शुरु हुने भएकाले विष्फोटक पदार्थको मागलाई सम्बोधन गर्न सेनाका लागि चुनौती हुनसक्ने प्रतिक्रिया दिए । उनले भने, ‘नेपाली सेनाले उपलब्ध गराउने भनेको विष्फोटक पदार्थ गुणस्तरीय, सहुलियत मूल्य र आपूर्तिमा निरन्तता हुन्छ कि हुन्न भन्ने प्रश्न हो, त्यो भएको खण्डमा हामीलाई लिन करै लाग्ने छ ।’

आयोजना लगानीकर्ताले हाल भारतबाट विष्फोटक पदार्थ खरिद गर्दा भन्सार मूल्य जोडेर प्रतिकिलो १३२ रुपैयाँमा भन्सार विन्दुमा प्राप्त गरिरहेको हुँदा तुलनात्मक रूपमा सेनाको उत्पादन महँगो भएको प्रतिक्रिया दिएका छन् ।

सेनाले भने विष्फोटक पदार्थ व्यापार गर्ने र नाफा कमाउने उद्देश्यले नभई विकास आयोजना सञ्चालनकर्तालाई सहयोग पुर्‍याउने हेतुले प्लान्ट सञ्चालन गरेको हुँदा गुणस्तर कायम, आपूर्ति सुनिश्चित र मूल्यमा सन्तुलन कायम गर्नेमा विशेष ध्यान पुर्‍याउने अठोट व्यक्त गरेको छ ।

यसअघि सोही स्थानमा सञ्चालनमा रहेको पुरानो प्लान्टबाट वार्षिकरूपमा २०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुँदै आएको छ । त्यसबाट उत्पादित सामग्रीको म्याद छ महिना रहेको थियो । सेनाले भनेको छ, ‘नयाँ प्लान्टको उत्पादन गुणस्तर अन्तर्राष्ट्रियस्तको छ, मागअनुसार उपलब्ध गराउने क्षमता वृद्धि गर्नेछौँ, आवश्यक परेमा मेसिन थप्नेछौँ ।’