मारङ । मोरङको रंगेलीमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ११ विद्यार्थी घाइते भएका छन् ।
बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो। दुर्घटनामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घनपालथान गाउँपालिका वडा नम्बर–४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँएको थियो ।
दुर्घटनालतत्तै बसचालक फरार भएका थिए । फरार बसचालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको चालक खड्काले प्रारम्भिक बयान दिएका छन्।







