२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसबारे रसुवा प्रशासन र चिनियाँ अध्यागमनको बैठक बस्दै

अ+ अ-

रसुवा । कोरोना भाइरसको सन्त्राससँगै चीनसँग जोडिएको नेपालका नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ ।

नेपालको रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने स्वदेशी वा विदेशी शङ्कास्पद पर्यटकहरूलाई परीक्षण गर्दै शङ्का लागेमा तुरुन्त केन्द्रसँगको समन्वयमा उपचारको लागि पठाइने व्यवस्था गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी गराएका छन् ।

माघ ८ गते जिल्ला सुरक्षा समितिबाट निर्णय भई आवश्यक प्रभावकारी निगरानीका लागि जिल्ला स्थित सरोकारवाला निकाय र प्रदेश र सङ्घमा समेत लिखित मौखिक अनुरोध गरिसकिएको प्रजिअ भण्डारीको भनाई छ ।

‘जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र गोसाईंकुण्ड गाउँपालिकाको संयुक्त समन्वयमा निगरानी सुरु गरिएको छ’, प्रजिअ भण्डारीले भने, ‘ज्वरो लगायत बिरामी भए नभएको परीक्षण गर्न र कुन स्थानबाट आएको हो यात्रा अभिलेख राख्ने कार्य रसुवागढी स्वास्थ्य डेस्कबाट मिति माघ १० बाट सुरुवात गरिएको छ ।’

यससँगै उच्च सतर्कता अपनाउन निर्देशन दिइएकोसमेत उनले जानकारी दिए ।

चिनियाँ पक्षले रसुवागढी केरुङमासमेत परीक्षण सुरु गरिसकेको जानकारी प्राप्त हुनुका साथै माघ ११ गते रसुवा स्थानीय प्रशासन र चिनियाँ अध्यागमन प्रशासनको अनौपचारिक बैठक राखिएको छ । केरुङ हुँदै नेपालतर्फ रोग आउन सक्ने सम्भावना कम पनि उच्च सतर्कता अपनाउनु आवश्यक रहेको भण्डारीले बताएका छन् ।

चीनको हुवेई प्रान्तको वुहान भन्ने सहरबाट सुरुमा फैलिएको कोरोना भाइरस हाल १८ वटा भन्दा बढी सहरमा एक हजार दुइ सय ८० जना भन्दा बढी सङ्क्रमित भइसकेका र आज शनिवारसम्म ४१ जनाको मृत्यु भइसकेको चीन स्वास्थ्य परिषद्ले जनाएको छ ।

चीनको हुवेइ प्रान्तमा सरकारले सङ्कट क्षेत्र घोषणा गर्नुका साथै १० दिन भित्र एक हजार तीन सय बेडको नयाँ कोरोना भाइरस अस्पताल निर्माण सुरु गरिसकेको छ । हङकङमा समेत एक सय २२ जना परीक्षण गरिएका मध्ये ७ जनामा सङ्क्रमण देखिएको छ ।

चीनको सङ्घीय सरकारले हुबेइ प्रान्तमा चार सय जना मिलिटरी डक्टर र एक हजार दुई सय जना अन्य डक्टरलाई पठाइसकेको छ भने १८ वटा सहरमा पसलहरू तथा उडान हुने एयरपोर्ट र हवाईजहाजहरू पूर्ण बन्द गरिनुका साथै करिब १ करोड २० लाख मानिसलाई घरबाट बाहिर निस्कन बन्देज लगाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण युरोप समेतमा पुगेको जनाइएको छ । फ्रान्समा ३ जना सङ्क्रमित भइसकेको र अन्य देशमा पनि सङ्क्रमण भएको अनुमान गरिएको छ । कोरोना भाइरसका कारण एक जना नेपालीको चीनमा मृत्यु भएको छ भने चीनको हुबेइमा मेडिकल चिकित्सक पढ्ने एक जना विद्यार्थी र हङकङबाट आएका एक जना व्यक्तिलाई कोरोना भाइरसको शङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको र र्‍याल र रगतको नमुना विश्व स्वास्थ्य सङ्गठनमा पठाइएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) ले जनाएको छ । नेपालमा यस सम्बन्धी परीक्षण नरहेको जनाइएको छ ।