२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान, एक घाइते

अ+ अ-

रौतहट । प्रहरी र आपराधिक समूहबीच रौतहटमा गोली हानाहान हुँदा आपराधिक समूहका एक व्यक्ति गोली लागेर घाइते भएका छन् । रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो ।

घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार, आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । घाइते चाँदको दाहिने घुँडामुनि गोली लागेको छ । उनका हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

चाँद तराई मधेस नेसनल नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको भूमिगत समूहमा आबद्ध रहेको खुलेको छ । चाँदले भारतीय नागरिक मोमताज, नेपाली नागरिक ओमप्रकाश साहसहित तीन जना व्यापारीसँग फिरौती लिने प्रयोजनका लागि भारतबाट नेपाल प्रवेश गरेको स्वीकारेका छन् । चाँद सँगैका अन्य २ भारततर्फ भागेका छन् ।

प्रहरीले घटनास्थलबाट आपराधिक समूहले छाडेको १ थान कटुवा पेस्तोल, १ थान खाली खोका र कटुवामा लोड भएको १ थान गोली बरामद गरेको छ ।

प्रहरीको गोली लागी घाइते चाँद फरार अभियुक्त रहेका प्रहरीले बताएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा संगठित अपराध र आपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोगसम्बन्धी ३ र संगठित अपराध र आपराधिक लाभ १ वटा गरी छुट्टाछुट्टै ४ मुद्दा दर्ता भएको जनाइएको छ । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए ।