काठमाडौं । काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा प्रहार गरेर भागेका दुई जना पक्राउ परेका छन् ।
गत माघ २४ गते बिहान बा २१ च ९६१८ नम्बरको मारुती भ्यानका चाल खिलबहादुर रानामाथि छुरा प्रहार गरी भागेका विप्लव कुँवर र रावल श्रेष्ठ पक्राउ परेका हुन् ।
दुबैजनामाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।
छुरा प्रहारबाट घाइते रानाको अवस्था गम्भीर छ ।







