११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयको एउटै कोठामा तीन कार्यालय

अ+ अ-

तानसेन । विद्यालय विद्यार्थीलाई शिक्षा दिने ठाउँ तर पाल्पामा भने कार्यालयको काम पनि विद्यायलकै भवनबाट हुन्छ । बगनासकाली गाउँपालिका–४ खानीछापको हिमालय आधारभूत विद्यालयमा वडा कार्यालयको समेत काम हुँदै आएको छ ।

विगत दुई वर्षदेखि विद्यालयको एउटा कोठाबाट तीनवटा विषयगत कार्यालयको काम हुँदै आएको छ । यसअघि विद्यालय नजीकैको सानो भवनमा वडा कार्यालय सञ्चालनमा आए पनि त्यस भवनमा स्वास्थ्य चौकीअन्तर्गत प्रसूति कक्ष सञ्चालन भएपछि वडाको काम विद्यालयको एउटा कोठाबाट गर्न बाध्य भएको कार्यालयले जनाएको छ । प्रसूति कक्षमा वडाध्यक्षको कार्यकक्ष रहेको छ भने अन्य प्रशासनिक काम भने विद्यायलकै भवनबाट हुँदै आएको वडा सचिव कुलप्रसाद अर्यालले जानकारी दिए ।

‘विद्यालय भवनमा भएको एउटै कोठाबाट वडाकार्यालयसँगै कृषि, पशु र हुलाक कार्यालय छन्, त्यही कोठामा चियानास्ताका लागि भान्छाकोठा पनि छ । काम गर्न मुस्किल छ’, वडासचिव अर्यालले भने । वडासचिव अर्यालले तीन कार्यालयका कुर्सी, टेबललगायत सामान राख्नका लागि बाकस छन् । कार्यालय भएपछि छलफल, बैठक गर्नुपर्ने हुन्छ, कार्यालयमा आउने–जाने मानिस र यता हुने बैठकका बेला विद्यार्थीको पढाइमा समेत असर पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद अर्यालले भने वडा कार्यालय निर्माणको काम सम्पन्न नहुँदासम्म विद्यालयको भवन निःशुल्क रुपमा दिएको जानकारी दिए । कार्यालयकै कारण विद्यार्थीको पढाइमा असर परेका गुनासा आएका छन्, त्यसैले पनि वडाकार्यालय भवन निर्माणको कामलाई तीव्र पारिएको वडाअध्यक्ष हुतमान सिं दर्लामीको भनाइ छ । उनले वडामा हुने अन्य कार्यक्रमहरु सकेसम्म बिदाको दिनमा गरेर विद्यार्थीको पढाइमा असर नपरोस् भन्ने उपाय अपनाएको बताए ।

वडामा आउने कामकाज, सिफारिस, घटना दर्तालगायत काम, पशुसेवा उपकेन्द्र, हुलाकलगायत काम एउटै कोठाबाट गर्न समस्या भइरहेको वडाका कर्मचारीका गुनासा छन् । स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टर सञ्चालनका लागि वडाले सहयोग गरेको वडाअध्यक्ष दर्लामीको भनाइ छ ।

अध्यक्ष दर्लामीले चालु आवमा वडाकार्यालयको रु १० लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा वडाकार्यालय भवन निर्माण भइरहेको र आउँदो वर्ष सञ्चालनमा आउने जानकारी दिए । उनले यो वर्ष जसो तसो विद्यालयमै कार्यालय सञ्चालन भए पनि आगामी वर्ष आफ्नै भवनबाट कार्यालय सञ्चालन भएपछि विद्यार्थीको पढाइमा असर नपर्ने बताए । विद्यालयमा करीब एक सय विद्यार्थी अध्ययनरत छन् ।रासस

प्रतिक्रिया दिनुहोस