२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वसुन्दरी टोनी एनसिन हेलम्बुमा

अ+ अ-

चौतारा । सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज आज सिन्धुपाल्चोकको हेलम्बुमा आइपुगेकी छन् । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र शृङ्खला खतिवडासँग आज बिहान आएकी उनी हेलम्बुमा निर्माण भइरहेको घोप्टे ध्याङस्थित हिमालय पदमार्ग ‘ग्रेट ट्रेल’को अवलोकन गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमग्याल्जेन शेर्पाले बताए ।

त्यसैगरी उनले वडा नं ७ सोलसिङ्ग गाउँको पनि अवलोकन गरिन् । त्यहाँ नेपाल सुन्दरी अनुष्का श्रेष्ठद्वारा स्वावलम्बन कार्यक्रमअन्तर्गत १४० घरपरिवारका लागि शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वसुन्दरी टोनी बिहीबार नेपाल आएकी थिइन् ।

पर्यटकीय दृष्टिकोणले चर्चित हेलम्बुमा चीनको ग्रेटवालको झल्को दिने हिमालयन हेलम्बु ग्रेट ट्रेलको गत वर्षदेखि निर्माण शुरु भई हालसम्म ११० मिटर सम्पन्न भएको छ । कूल रु तीन अर्ब बजेटमा ६० किलोमिटर निर्माण गरिने बहुवर्षीय योजनाअन्तर्गत चालू आवमा एक किलोमिटर निर्माण गर्ने लक्ष्य रहेको पालिकाले जनाएको छ ।

कडा चट्टान ढुङ्गा काटेर सिमेन्टको जोडाइमा दुई मिटर सिमेन्टको सिँढी बनाइएको छ । पदमार्गको दुवैपट्टि ६० सेन्टिमिटरको चौडाइको पर्खाल निर्माण गरिएको छ । एक मिटर सिँढीको काम पूरा गर्न रु ३० हजार लागत लाग्नुका साथै समय पनि बढी लाग्ने गरेको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताए ।