२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा जग्गा चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम शुरु

अ+ अ-

दमौली । तनहुँ जिल्लामा जग्गा चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम शुरु भएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा चक्लाबन्दी कार्यक्रम शुरु भएको हो ।

उत्पादन वृद्धि गरी बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्र्ने उद्देश्यले चक्लाबन्दी शुरु गरिएको मन्त्रालयले जनाएको छ । उत्पादन वृद्धि गरी कृषिलाई यान्त्रिकीकरण गर्दै व्यावसायिक तथा सामूहिक कृषिउपजलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले चक्लाबन्दी कार्यक्रममा अनुदानको समेत व्यवस्था गरेको छ ।

कार्यक्रमबमोजिम बन्दीपुर गाउँपालिकामा तीन ठाउँमा चक्लाबन्दी कार्यक्रम शुरु गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ६०१ रोपनी, कटहरे पाटो कृषक समूहले १०३ रोपनी र बोडीश्वारा धानखेत समितिले ५१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी शुरु गरेको छ । ‘उत्पादन वृद्धि गर्नका लागि चक्लाबन्दी कार्यक्रम सफल हुने विश्वास गरिएको छ’, अध्यक्ष थापाले भने, ‘थोरै जग्गामा खेती गर्नुभन्दा चक्लाबन्दीमार्फत धेरै जग्गामा खेती गर्नु अहिलेको आवश्यकता हो ।’

त्यस्तै शुक्लागण्डकी नगरपालिकास्थित किमलडाँडा कृषक समूहले १०४ रोपनी क्षेत्रफलमा चक्लाबन्दी शुरु गरेको छ । भीमाद नगरपालिकास्थित धु्रवतारा कृषक समूहले १०१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्नका लागि मन्त्रालयसँग सम्झौता गर्न बाँकी रहेको छ ।

चक्लाबन्दी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ मा उल्लेख भएअनुसार पहाडी क्षेत्रमा ५० देखि ७५ रोपनी क्षेत्रफलसम्मका जग्गाको लागि बढीमा रु १० लाख, ७६ देखि १०० रोपनी क्षेत्रफलसम्मका लागि बढीमा रु १३ लाख, १०१ रोपनीदेखि २०० रोपनी क्षेत्रफलसम्मका लागि बढीमा रु २० लाख र २०१ रोपनी भन्दामाथिका लागि रु २० लाखमा प्रतिरोपनी १० हजारको दरले थप रकम अनुदान दिने प्रावधान रहेको छ ।

त्यसैगरी तराई क्षेत्रमा २० बिघादेखि ५० बिघासम्मको क्षेत्रफललाई बढीमा रु १० लाख, ५१ बिघादेखि १०० बिघासम्मको क्षेत्रफललाई बढीमा रु १३ लाख, १०० देखिमाथिको क्षेत्रफलको जग्गालाई रु १३ लाखमा प्रतिबिघा १० हजारका दरले थप रकम अनुदान दिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हिमाली क्षेत्रमा २० रोपनीदेखि ५० रोपनीसम्मको क्षेत्रफललाई बढीमा रु १० लाखसम्म, ५१ रोपनीदेखि १०० रोपनीसम्म बढीमा रु २० लाख, १०१ रोपनीदेखि १५० रोपनीसम्म क्षेत्रफलको जग्गालाई रु ३० लाखसम्म, १५१ रोपनीमाथिको क्षेत्रफलको जग्गाको लागि रु ३० लाखमा प्रतिरोपनी १० हजारको दरले थप अनुदान रकम मन्त्रालयले दिने भएको छ ।

छिम्केश्वरीमा पैदलमार्ग

छिम्केश्वरी मन्दिर पुग्न पैदलमार्ग निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर पुग्नका लागि ५०० मिटर पैदलमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको रु ४० लाखको लागतमा मन्दिरसम्म पुग्नका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए।

मन्दिरसम्म पुग्ने सर्वसाधारणलाई हिँड्न सहज होस् भनेर उकालो बाटोमा पैदलमार्ग निर्माण गरिएको उनले बताए । ‘उकालो बाटोमा सर्वसाधारणलाई हिँड्न सजिलोका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ’, उनले भने, ‘पैदलमार्गले बालबच्चा र वृद्धवृद्धालाई समेत हिँड्नका लागि सजिलो हुनेछ ।’

गाउँपालिकाले लाब्दीदेखि केही माथिसम्म यसै वर्ष बाटोसमेत विस्तार गरेको छ । सवारी साधनको अन्तिम बिन्दुदेखि करिब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करिब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा अहिले पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल मन्दिरमा दैनिक २०/२५ भक्तजन आउने गरेको मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिए । ‘अरु दिनभन्दा शनिबार भक्तजनको सङ्ख्या धेरै हुन्छ, बिदाको दिन ५० सम्म भक्तजन यहाँ आउने गरेका छन्’, गुरुङले भने।

एकादशी र औँशीबाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बली दिने परम्परा पनि रहेको छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सात देवीमध्ये जेठी बुढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ । आँखै अगाडि देखिने विभिन्न हिमशृङ्खलाले यहाँ पुग्ने जो कोही पनि आकर्षित हुने बन्दीपुर गाउँपालिकाका प्रेमकुमारी थापाले बताइन् ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पुर्‍याएका छन् । गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको छ । निर्माण सामग्री आइनपुगेकाले हाल मन्दिरको निर्माण कार्य रोकिएको छ । मन्दिरमा हालिने झ्यालढोका बनाउन भक्तपुरका कालीगढलाई जिम्मा दिइएको छ । ‘झ्यालढोका तयार भएर आउने बित्तिकै मन्दिरको निर्माण कार्य फेरि शुरु भइहाल्छ’, वडाध्यक्ष गुरुङले भने ।

मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

सात हजारको दर्शन

छिम्केश्वरी मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा अहिले भक्तजनको आकर्षण बढ्दै गएको छ । हाल मन्दिरमा दैनिक २०/२५ भक्तजन आउने गरेको मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिए ।

एकादशी र औँशीबाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बली दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पुर्‍याएका छन् । गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख वजेट विनियोजन गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए ।