१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: ट्रमा सेन्टरबाट चार घाइते डिस्चार्ज, १४ जना उपचाररत

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान गएको बाढीमा परी घाइते भएकामध्ये १८ जनालाई उद्धार गरी काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएकामा चार जना उपचारपछि डिस्चार्ज भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका १८ जनालाई उद्धार गरी ट्रमा सेन्टरमा ल्याइएको थियो । तीमध्ये आज चार जनाको उपचार पश्चात् स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।

हाल राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना घाइतेको उपचार भइरहेको उनले जानकारी दिए । उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको प्रहरी उपरीक्षक थापाले बताए ।

सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार गरिएका घाइतेको उपचारसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको छ । उद्धार, उपचार तथा पीडितका आफन्तसँग समन्वयका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् ।

0 Comments