१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ नगरपालिकाले बाढी पीडितका लागि साढे ५५ लाख सहयोग गर्ने

भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापना र सहज जीवनयापनमा सहयोग पुर्‍याउन नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ५५ लाख ५५ हजार ५५५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनर्स्थापना तथा सहज जीवनयापनका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले विपद्को अवस्थामा मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार सहयोग रकम जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट जुटाइनेछ।

नगरपालिकाले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

उद्धारका लागि स्वास्थ्यकर्मी र सवारीसाधन परिचालन गर्ने
कार्यपालिका बैठकले विपद् प्रभावित नागरिकलाई प्रभावित स्थानबाट स्वास्थ्योपचारका लागि अस्पतालसम्म पुर्‍याउन स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन गर्ने निर्णयसमेत गरेको छ।

यस्तै, जनप्रतिनिधिको नेतृत्वमा नगर प्रहरीसहितको टोली परिचालन गरी विपद् प्रभावित क्षेत्रबाट उद्धार गर्नुपर्ने नागरिकलाई काठमाडौँसम्म सुरक्षित ल्याउन एउटा सवारीसाधनको व्यवस्था गर्ने निर्णय गरिएको छ।

राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गरिने
नगरपालिकाले विपद्को घडीमा नागरिक समाज, निजी क्षेत्र, संघ-संस्था, शुभेच्छुक तथा आम नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आह्वान गरेको छ।

नगरपालिकाको प्राङ्गणमा जिन्सीलगायत राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने तथा सबै वडामा उपयुक्त स्थानमा घाइतेका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

0 Comments