१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशीमा फेरि बढ्यो बाढी, मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा पुनः बाढी बढेपछि रसुवादेखि मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति चीनतर्फबाट भोटेकोशीमा बाढी बढेको सूचना प्राप्त भएको जनाएको छ। प्रहरीले राति ८:५४ बजे सूचना जारी गर्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बढ्दो बहावले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म जोखिम सिर्जना गर्न सक्ने भन्दै मुग्लिनसम्मका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

‘त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानमा रहेका व्यक्तिलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। बाढीको अवस्थाबारे थप सूचना जारी गरिने महाशाखाले जनाएको छ।

0 Comments