काठमाडौं । कैलालीको गोदावरी नगरपालिका ४, फुलबस्ती बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।
बिस्फोटमा ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।
जंगलमा बम जस्तो वस्तु भेटिएको त्यसलाई आगोमा हालेपछि पड्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान जारी छ ।







