काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिध्यादेबि भण्डारी बिच भेटघाट भएको छ ।
आइतबार मन्त्रिपरिषद बैठकसमेत बोलाएका प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
मिर्गौला पुनः प्रत्यारोपण गरेर फर्किएपछि पहिलो मन्त्रिपरिषद बैठक बस्न लागेका ओलिको राष्ट्रपतिसँग प्रधानमन्त्रीको पहिलो भेट हो ।
दुई घण्टा लामो भेटमा कोरोना भाइरस नियन्त्रणबारे भैरहेको प्रयास र पछिल्लो अवस्था, सरकारका काम र नेकपाभित्रको पछिल्लो विवादको बारेमा समेत चर्चा चलेको स्रोतले जनाएको छ ।







