१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

अ+ अ-

ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त रोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सो योजना अघि बढाइएको बताए । उनले भने, ‘हाल कोरोना भइरसका कारण पूरै देश लकडाउन भइरहेको अवस्थामा उक्त रोगसम्बन्धी उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सो रोगबाट सङ्क्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका हौँ ।’

मुलुकमा लकडाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ । यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ५०० का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिए। नगरपालिकाले दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई रु दुई लाख बराबरको खर्च दिने निर्णय गरेको छ ।

यसैगरी गोदावरीले लकडाउनको समयमा यहाँ रहेका अपाङ्गता भएका महिला, छ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी यसैबाट जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण सङ्कलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस