२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासकीय अधिकृत नै क्वारेन्टिनमा बस्न नमानेपछि…

अ+ अ-

ठिनी । पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किए ।

विश्वव्यापी महामारीका रूपमा फलिएको कोरोना भाइरस(कोभिड–१९को रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ–५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समितिसमेत गठन गरेका छन् । यस अगाडि कोरला घुम्न आएका बेनी–जोमसोम सडकखण्डका दुई सरकारी गाडीलाई युवाहरुले बाटोमै रोकेका थिए । गाउँलेसमेतलाई विशेष कामबाहेक बाहिर निस्कन नपाइने नियम लागू गरेका छन् ।

यदि कुनै कारणले कोही नयाँ व्यक्ति गाउँ प्रवेश गरे अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमसमेत बनाएका छन् । लोमान्थाङ–५ कोरोना रोकथामसँग आबद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वारेन्टिन बसेर मापदण्ड पूरा गर्न सुझाएका थिए । तर पौडेलले क्वारेन्टिनमा नबस्ने जनाउँदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिए ।

स्थानीयवासीका अनुसार लोमान्थाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई रवाना लिएको चार महिनापछि मात्र पौडेल गाउँ आएका थिए । मुस्ताङमा कोरना भाइरसको उच्च जोखिम देखेर क्वारेन्टाइन व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको नेतृत्वमा थासाङ गाउँपालिकाको घासामा जनता आधारभूत विद्यालयमा १० श्यया, घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० श्यया, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथमा छ श्यया, लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङको युवा क्लब भवनमा आठ श्यया र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ वडा कार्यालयमा १४ श्यया क्षमताको क्वारेन्टिन स्थापना गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । हालसम्म सात जनालाई घासाको क्वारेन्टिनमा राखेको उनले बताए ।