७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस्त्रीखोला जलविद्युतका मजदुर आन्दोलित

अ+ अ-

म्याग्दी । समयमा ज्याला र घर जानसमेत नपाएपछि अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाका मजदुरको बिचल्ली भएको छ ।

रोवष्ट इनर्जी प्रालि प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनका मजदुरहरु लकडाउनको समयमा घर जान नपाएको र बिरामी मजदुरको उपचार पनि नपाएको बताउँछन् । घरमा आफन्तको मृत्यु हुदा समेत किरीया जान नदिएको र ज्याला नदिएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

उनीहरुले शनिबार इनर्जीको नारच्याङ बेशीगाउँमा रहेको उपकार्यालय घेराउ र नाराबाजी गरेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजङ्ग कुँवर, वडाध्यक्ष चन्द्रप्रकाश फगामी, रोवष्टका प्रतिनिधि चुडामणि निरौलाले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक तिलक रानालाई मजदुरको समस्या सम्बोधन गराउने प्रतिबद्धता जनाउन लगाएपछि वातावरण साम्य भएको थियो ।

ठेकेदारले ७५ दिनको ज्याला नदिएको मजदुरहरुले बताएका छन् । ठेकेदारकै वेवास्ताका कारण लकडाउनको समयमा घर जान नपाएको उनीहरुको दुखेसो छ ।

यहाँ कैलाली र इलामका मजदुरहरु धेरै छन् । केही मजदुर आयोजनाको काम छाडेर घर गएपनि दुई सय भन्दा बढी मजदुर क्याम्पमै बसेका थिए । उनीहरुलाई लकडाउनको समयमा खान बस्नका लागि ठेकेदारले वेवास्ता गरेको गुनासो गरेका छन् ।

सवारी पास नदिने गृह मन्त्रालयको निर्देशनपछि पास जारी गर्न नसकिने तर सरकारको निर्णय अनुसार सुरक्षाको उपाय अपनाएर आयोजनाको काम गर्न ठकेदार, मजदुर र आयोजनालाई प्रजिअ ढकालले आग्रह गरे ।

रोवष्ट इनर्जीका प्रतिनिधि निरौलाले ठेकेदार हाइ हिमालको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण आयोजनाले बदनामी ब्यहोर्नुपरेको गुनासो गरे । आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले बाँध र टनेल परीक्षण गरिरहेको छ । विद्युतगृहमा उपकरण जडान गरेर परीक्षणको तयारीमा छ ।

आउँदो वैशाख महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य थियो । आयोजनाकोा गत वैशाख अन्तिम हप्ता दुई हजार २७०।५ मिटर सुरुङको ब्रेक थ्रु भएको थियो । सन् २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार तीन सय ४४ दशमलव पाँच मिटर सुरुङ खनेको छ । रासस

प्रतिक्रिया दिनुहोस