२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून त सबैका लागि बराबर होइन र !

अ+ अ-

काठमाडौँ । मन्त्रीलाई पर्‍यो भने मात्रै साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायसँग सांसदले जिज्ञासा राखे ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद रामबहादुर विष्टले माथिल्ला ओहदाका मानिसलाई अप्ठेरोमा पर्दा मात्रै आँखा देख्ने र कान खुल्ने हुनु भएन, कानून त सबैका लागि बराबर होइन र भनी प्रश्न गरे।

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी भर्चुअल बैठकमा आकस्मिकरुपमा यौनजन्य तस्वीर देखिएपछि कार्यक्रम तत्काल नै रद्द गर्नुपरेको र त्यसबारे छानबिन र अनुसन्धान भइरहेको भन्ने विषय उठेपछि सांसदले साइबर अपराधका घटनाबारे धारणा राखेका थिए ।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिले प्रविधिको प्रयोग र माग ह्वात्तै बढेसँगै दुरुपयोगका घटनापनि बढिरहेका बताउँदै सांसदले युटुबलगायत सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । मुलुकमा धेरै मानिस साइबर अपराधबाट पीडित रहेकाले उनीहरुले भोग्नुपरेको दुःख र कष्टको तत्काल सुनुवाइ हुने संयन्त्र बनाएर न्याय दिने काम गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

सांसदको प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशक पुरुषोत्तम खनालले सामाजिक सञ्जाललाई व्यवस्थित तुल्याउन तथा भर्चुअल बैठकलाई शुद्धता कायम गर्न कोसिस भए पनि प्रभावकारी कानूनको अभावमा साइबर अपराधबाट पीडित प्रताडित हुनु परिरहेको बताए ।

बलियो कानून, प्रविधि र आवश्यक पूर्वाधारको अभावमा प्रविधिको दुरुपायोग गरी शोषण, ब्लाकमेल, ठगी, अवहेलना, फिरौती र चरित्रहत्या जस्ता घटना भइरहेका छन् । नेपाल प्रहरी साइबर अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालको दुरुपयोग र इन्टरनेट ह्याकिङक घटना बढिरहेको जानकारी दिँदै युटुबलाई तत्कालै नियमन गर्न अत्यन्त जरुरी रहेको बताए ।

प्रविधिको प्रयोग विकास कि विनाशमा
सांसद बहादुरसिंह लामाले इन्टरनेटलगायत प्रविधि विकासमा भन्दा विनाशमा बढी प्रयोग हुन लागेकाले त्यसको रोकथामका लागि प्रभावकारी कानून र संयन्त्रको खाँचो औँल्याए । सांसद गणेश पहाडीले भन्नुभयो, “सरकारले स्थानीय तहमा उच्च क्षमताको इन्टरनेट सेवा पुर्‍याउने भने पनि पहुँच विस्तार हुन नसक्दा लकडाउनको समयमा कक्षा सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानूनी व्यवस्था गरिनुपर्छ ।”

समितिका सदस्य गौरीशङ्कर दासले डिजिटल फ्रेम वर्करलाई राष्ट्रिय गौरवको आय अयोजनाको रुपमा राखिए पनि त्यसको विस्तार किन सुस्त छ भन्दै नियन्त्रण गर्न सकिने प्रविधिको मात्र प्रयोग गर्ने व्यवस्था गर्न सुझाव दिए। सो अवसरमा केही सदस्यले साइबरसम्बन्धी विषय विद्यालयका पाठ्यक्रममै समावेश गर्न र इन्टरनेश सेवा प्रदायकलाई अनुमति दिँदाकै बखत नियमन गर्ने बाध्यात्मक व्यवस्था मिलाउन आवश्यक रहेको बताए ।

आधिकारिक इमेल र वेबसाइटबाट मात्र प्रयोग गरौँ
यसैबीच, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध र विद्यालयमा इन्टरनेश सेवा विस्तारका सम्बन्धमा उठेको प्रश्नलाई सम्बोधन गर्न समितिले एप्स तथा सामाजिक सञ्जालको सुरक्षा, गोपनीयता र उपयोगीताको पुष्टिपछि मात्रै डाउनलोड गर्न सकिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सरकारी वेबसाइट अनिवार्य अडिट गर्न र सरकारी डोमेन नेभ निजी क्षेत्रबाट दर्ता हुँदै आएकोमा त्यसलाई रोक्न तथा स्थानीय तहमा विद्यालयलगायत संरचनामा इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न पनि सरकारलाई समितिले निर्देश गरेको छ । सरकारी काजगपत्र, सूचना र जानकारी अनाधिकृतरुपमा दुरुपयोग हुने गरेकाले आधिकारिक इमेल र वेभसाइटबाट मात्र प्रयोग हुने व्यवस्था मिलाउन समितिले सरकारलाई सुझाव दिएको छ ।