१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क कृत्रिम बुद्धिमत्ता तालिममा ६८ हजारभन्दा बढी आवेदन, सबैलाई सहभागी गराइने

युवा, श्रम तथा रोजगार मन्त्रालयको पहलमा कात्तिक १८ र १९ गते चार चरणमा तालिम सञ्चालन हुने, सहभागीलाई दुई घण्टाअघि मोबाइलमा सन्देश पठाइने।

अ अ+ अ-

काठमाडौँ । सरकारले दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागेको नि:शुल्क कृत्रिम बुद्धिमत्तासम्बन्धी तालिममा ६८ हजारभन्दा बढी आवेदन परेपछि आवेदन दिएका सबैलाई सहभागी गराउने निर्णय गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘प्रभावकारी निर्देशन लेखनसहित कृत्रिम बुद्धिमत्ताको उपयोग’ विषयक अनलाइन तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि सहभागीको संख्या विस्तार गरिएको हो।

सुरुमा कात्तिक १८ र १९ गते चारवटा छुट्टाछुट्टै सत्रमा प्रतिसत्र ५०० जनाका दरले दुई हजार युवालाई तालिम दिने योजना थियो। तर, देशभरबाट उल्लेख्य संख्यामा आवेदन प्राप्त भएपछि दर्ता भएका सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी आवेदन प्राप्त भएका थिए। त्यसपछि पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन परेका हुन्।

तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि मोबाइलमा सन्देश
तालिमका लागि आवेदन दिएका सबै सहभागीलाई आफूले आवेदन फाराममा छनोट गरेको सत्रअनुसार प्रशिक्षणमा सहभागी हुने व्यवस्था मिलाइएको छ।

सम्बन्धित सत्र सुरु हुनुभन्दा दुई घण्टाअघि आवेदकको मोबाइल नम्बरमा सन्देशमार्फत तालिममा सहभागी हुने विद्युतीय सम्पर्क ठेगाना पठाइनेछ।

सोही सम्पर्क ठेगानामार्फत आवेदनमा उल्लेख गरिएको नाम र मोबाइल नम्बरका आधारमा तालिममा प्रवेश गर्न सकिनेछ। आवेदन दर्ता गराएका व्यक्तिलाई मात्रै सम्बन्धित सत्रमा सहभागी गराइने व्यवस्था गरिएको छ।

सहभागीहरूले मोबाइल फोन वा ल्यापटपको माध्यमबाट प्रत्यक्ष अनलाइन कक्षामा भाग लिन सक्नेछन्।

कृत्रिम बुद्धिमत्ताको प्रयोगदेखि तथ्य परीक्षणसम्म सिकाइने
तालिममा कृत्रिम बुद्धिमत्तासम्बन्धी आधारभूत ज्ञानसँगै दैनिक जीवन, अध्ययन, कार्यालय तथा व्यावसायिक काममा उपयोग गर्न सकिने व्यावहारिक सीप सिकाइनेछ।

विशेष गरी च्याटजीपीटी, क्लाउडलगायत कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणको प्रभावकारी प्रयोग, उपयुक्त निर्देशन लेख्ने तरिका, विद्युतीय पत्राचार तथा कार्यालयसम्बन्धी कागजात तयार गर्ने र प्रस्तुतीकरण निर्माण गर्ने विषय समेटिनेछन्।

त्यस्तै, कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट तस्बिर तथा छोटा श्रव्यदृश्य सामग्री तयार गर्ने र यस प्रविधिबाट प्राप्त सूचना तथा जानकारीको सत्यता परीक्षण गर्नेलगायत विषयमा समेत प्रशिक्षण दिइनेछ।

आधारभूत तहको उक्त तालिममार्फत सहभागीलाई कृत्रिम बुद्धिमत्ता प्रविधिसँग परिचित गराउँदै अध्ययन, रोजगारी तथा व्यावसायिक क्षेत्रमा यसको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

डिजिटल सीपको पहुँच देशभर विस्तार गर्ने लक्ष्य
मन्त्रालयले प्रविधिको तीव्र विकाससँगै परिवर्तन भइरहेको श्रम बजारका लागि युवाहरूलाई तयार गर्न कृत्रिम बुद्धिमत्तासम्बन्धी साक्षरता महत्त्वपूर्ण रहेको जनाएको छ।

यस्तो ज्ञान र सीप सीमित व्यक्तिमा मात्रै केन्द्रित नराखी देशभरका युवासम्म पुर्‍याउने उद्देश्यले तालिमको दायरा विस्तार गरिएको हो।

प्रतिष्ठानले तालिममा ठुलो संख्यामा आवेदन पर्नुलाई युवाहरूमा नयाँ प्रविधि र डिजिटल सीप सिक्ने रुचि तथा माग बढेको संकेतका रूपमा लिएको छ।

आगामी दिनमा पनि कृत्रिम बुद्धिमत्तालगायत प्रविधि तथा रोजगारमूलक तालिमलाई निरन्तरता दिँदै थप युवासम्म पहुँच विस्तार गर्ने प्रतिबद्धता प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले आवेदन दिएका सबैलाई निर्धारित समयमा अनलाइन कक्षामा सहभागी हुन आग्रह गरेको छ। तालिममा सहभागी हुने प्रक्रिया तथा अन्य आवश्यक जानकारी आधिकारिक माध्यमबाट समेत सार्वजनिक गरिने जनाइएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा उक्त नि:शुल्क तालिम सञ्चालन गर्न लागेको हो।

0 Comments