२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात रोगले कफी उत्पादनमा कमी

अ+ अ-

चौतारा । सिन्धुपाल्चोकमा किसानले लगाएको कफीमा अज्ञात रोगले बोट सुक्न थालेपछि यस वर्ष ४० प्रतिशत मात्र उत्पादन भई ठूलो आर्थिक क्षति बेहोर्नुपर्दा किसान मर्कामा परेका छन् ।

गतवर्ष रु १ करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिकटन उत्पादन भएकामा अज्ञात रोगले यसवर्ष १३ मेट्रिकटन मात्र उत्पादन भई झण्डै रु एक करोड हाराहारीको नोक्सान भएपछि किसान मर्कामा परेका हुन् । उत्पादित १३ मेट्रिकटन कफीलाई ए ग्रेडको पार्चमेण्ट ग्रिनवीन कफी तयार गर्दा आठ मेट्रिकटन मात्र बाँकी रहेको छ । यसवर्ष रु ५० लाख मूल्य बराबरको नौ अमेरिकी डलरको भाउमा पाँच मेट्रिकटन मात्र जापान, कोरिया र अष्ट्रेलिया निर्यात भएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले बताए ।

गत वर्ष उत्पादित ३० मेट्रिकटन कफीमध्ये १०.३ मेट्रिकटन विदेश निर्यात भई बाँकी कफी स्वदेशमै खपत भएको थियो । यसवर्ष कोभिड–१९ महामारीका कारण गएको चैत ११ गतेदेखि देशमा लकडाउन ९बन्दाबन्दी० भएकाले दुई मेट्रिकटन कफी गोदाममै थन्किएको अध्यक्ष थापाले बताए ।

जिल्लामा १२४ हेक्टर क्षेत्रमा कफी खेती गरिएको छ । गत वर्षको हिउँदमा औसत भन्दाबढी वर्षा तथा हिमपात भएकोले अत्याधिक चिसोका कारण पात झर्ने र बोट तथा दाना समेत सुकेर झर्न थालेपछि किसान चिन्तित बनेका थिए । किसानको गुनासो आउन थालेपछि सङ्घबाट फिल्ड भ्रमण गरी कृषि तथा सहकारी मन्त्रालयको बाली विज्ञान महाशाखामा नमूना सङ्कलन गरी पठाइएको थियो । उक्त महाशाखाका वैज्ञानिकले निरीक्षण गरेपछि जलवायु परिवर्तनकै कारण रोग लागेको निष्कर्ष निकालेका थिए ।

निरीक्षणबाट खासै उपलब्धी हासील हुन नसकेपछि रोगी बिरुवालाइ हटाएर स्वास्थ बिरुवा रोप्नुका साथै पर्याप्त कम्पोस्ट मल राखेपछि २५ प्रतिशत रोग नियन्त्रणमा आएको कृषि विज्ञ एवं कफी सहकारी संघका केन्द्रीय उपाध्यक्ष सुदर्शन वोलखेले बताए ।

जिल्ला कफी सहकारी सङ्घका सल्लाहकारसमेत रहेका बोलखेकाअनुसार कफीलाई समय समयमा काँटछाँट र मलखाद दिनुपर्ने भएकाले कफी खेतीप्रति अभिरुची राख्ने किसानलाई आवश्यक जानकारी दिइँदै आएको छ । विसं २०६५ मा जिल्ला कफी सहकारी सङ्घको स्थापना भएपछि यहाँ उत्पादित कफी विदेश निर्यात हुँदै आएको छ ।

यहाँको हावापानीअनुसार सर्वोत्तम मानिएको बोर्वन प्रजातिका अराबिक कफीका बिरुवा लगाइएको छ । अरूको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी रहेको उक्त प्रजातिका कफी विदेशमा अत्याधिक रुचाइने गरेको पाइएको छ । प्राङ्गारिक प्रमाण पत्रको आधारमा १४ देखि १६ मिलिमिटरको कफी मात्र विदेश निर्यात हुँदै आएको छ ।

गाउँघरमा युवा जनशक्तिको अभाव भएको अवस्थामा कफी खेती गर्न सहज हुनुका साथै नगदेबाली भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् । कफी सदाबहार बिरुवा भएकाले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्न सघाउ पुर्‍याउँछ । एक पटक लगाएको स्वस्थ बिरुवाले कम्तीमा ४० वर्षसम्म उत्पादन दिने र वृद्धवृद्धा र केटा केटीले दाना टिप्न सक्ने भएकाले यसलाई सजिलो खेतीको रुपमा लिइन्छ ।

कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा बाली विविधीकरणअन्तर्गत केरा तथा अन्य फलफूल साथै खाली जमीनमा अदुवा खुर्सानी र बेसार खेती गरी अतिरिक्त आम्दानी लिन सकिन्छ । वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न थालेपछि यसतर्फ किसानहरु आकर्षित भएका हुन् ।