८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्क्याएकोमा पत्रकार महासङ्घको आपत्ति

अ+ अ-

काठमाडौँ । पूर्व मन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ।

बस्नेतले बुटवलमा मंगलबार भएको सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको भन्दै महासङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।

उनले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधान सम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए।

महासङ्घले यसरी धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएको छ।

‘पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको महासङ्घ कडा शब्दमा भर्त्सना गर्दछ।’

‘प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवम् यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासङ्घले भनेको छ।

इकागजका सम्पादक हरिबहादुर थापाले लेखेको सम्पादकीयका बारेमा बस्नेतले युवाहरूको भेलामा सार्वजनिक रूपमै टिप्पणी गरेका थिए। उनले सम्पादक थापाको नाम तोकेर बहस गर्न चुनौती दिएका थिए।

त्यस्तै, बस्नेतले आफ्नो युवासंघमा डिग्री र पिएचडी गरेका युवाहरू भएको र अवसर पाएमा हरिबहादुर थापा र सुधीर शर्माहरूलाई तर्कमा हराउन सक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस