२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको आजको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाताको नामावली स्वीकृत गरेको हो ।

प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ मतदाता रहेकामा विभिन्न कारणले प्रदेशसभा सदस्य आठ र स्थानीय तहका एक मतदाता रिक्त रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । निर्वाचनका लागि दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।

मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि केन्द्र (ख) गरी दुई मतदान केन्द्रसमेत तोकिएको आयोगले जनाएको छ ।

यसैगरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेका विषम परिस्थितिमा स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्ण पालना गरेर मात्र निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्न निर्देशन दिए ।