२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसम : बंगालको खाडीबाट आउने सामुद्रिक आँधीले नेपालमा पनि प्रभाव पार्ने, सतर्क रहन आग्रह

अ+ अ-

काठमाडौँ । बंगालको खाडी नजिकैबाट आउने आँधीले नेपालमा पनि प्रभाव पार्ने भएकोले सतर्क रहने आग्रह गरिएको छ । केही दिन अघि अरब सागरमा बनेको ताउ–ते सामुद्रिक आँधीको प्रभाव सकिन नपाउँदै बंगालको खाडीबाट अर्को आँधी आउन लागेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा रहेको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत भई बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ। १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा सावधानी अपनाइएको छ।

आँधीले क्षती पुर्याउनसक्ने भन्दै आइतबार सम्बन्धित राज्यका उच्च अधिकारीहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तटीय क्षेत्रमा काम गरिरहेकाहरूलाई तत्काल निकाल्न निर्देशन दिए ।

यास आँधीको प्रभाव मंगलबारदेखि नेपालमा पनि पर्न सुरू हुने बताइएको छ। ताउ–तेको प्रभावले पश्चिम क्षेत्रबाट वर्षा र हिमपात हुन सुरू भएको थियो भने यसपालि पूर्वी क्षेत्रबाट प्रभाव बिस्तारै पश्चिम सर्ने जनाइएको छ।

भोलिदेखि पूर्वका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकोले पर्वतारोहीहरूलाई आरोहणको काम रोक्न भनिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

मंगलबार राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू/भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।