२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिको चरित्रहत्या गर्नेलाई कारबाही गर्न माग

अ+ अ-

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीले राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहेका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति र व्यवहारविरुद्ध एकजुट हुन आग्रह गरेको छ ।

कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संवैधानिक जिम्मेवारी लिएर निर्वाह गर्ने क्रममा राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहेका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कमिटीले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संविधानको संरक्षकको हैसियतले राष्ट्रपति संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयमाथि प्रश्न उठाई केही राजनीतिक दल, केही सञ्चारमाध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गालीगलौज गर्ने, अपमानित गर्ने, सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने तथा विभिन्न लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता कार्य निन्दनीय छ ।’

कमिटीका सहसंयोजक थममाया थापाले राष्ट्रपतिजस्तो पदमा रहेर संविधानको संरक्षकको हैसियतले संवैधानिक कामकारबाही गर्दा व्यक्तिगत चरित्रहत्या गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्नेमा माग गरिन् ।

अनेमसङ्घले शुक्रबार गृह मन्त्रालयमा त्यस्ता कार्यलाई तत्काल रोक्न र यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याई तत्काल कानूनबमोजिम कारबाही गर्नका लागि ज्ञापनपत्र बुझाएको थियो ।