२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशका स्वास्थ्य संस्थालाई ३० लाखको स्वास्थ्य सामग्री सहयोग

अ+ अ-

कास्की । बोधिसत्वा विहार काठमाडौँले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासङ्घ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत रु ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्थानीय व्यवस्थापन संयोजक दीननाथ बरालले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल, कास्कीका चार गाउँपालिका, पत्रकार महासङ्घ कास्की, फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशसहितका विभिन्न सङ्घसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

पोखराका तीन अस्पताललाई १० लिटरको दुई/दुई र पाँच लिटरको तीन/तीनवटा अक्सिजन कन्सनट्रेटर वितरण गरिएको संयोजक बरालले बताए । यसैगरी अस्पताललाई जनही एकरएक सय पिपिइ सेट, एकरएक कार्टुन औषधि, मास्क, स्यानिटाइजर, फिनेल, ह्याण्डवास, फेसशिल, अक्सोमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचन, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडी, पत्रकार महासङ्घका अध्यक्ष विमला भण्डारीलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताए ।