१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध नेपालका लागि सहयोगी शिक्षा आवश्यक : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोगी हुने शिक्षा चाहिएको बताएका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको आज भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उनले देशलाई अहिले दक्ष सक्षम र गुणवान् तथा देशभक्त नागरिक चाहिएको बताए । शिक्षाले शिक्षा आर्जन गर्नेलाई सरल जीवनयापन गर्न सहयोगी हुनुपर्ने बताउँदै उनले भने, ‘प्रमाणपत्र सिरानी हालेर बेरोजगार हुनुपर्ने स्थिति नहोस्, शिक्षाको लगानी आर्थिक लगानी र मेहनतको लगानी खेर जाने कुरा नहोस् ।’

शिक्षाको क्षेत्रमा सरकारले चौतर्फी ध्यान दिइएको बालबालिकाको भर्ना देखि नै पढाइको निरन्तरता र गुणस्तरमा ध्यान दिइने पनि उनले बताए । सबै विधाका शिक्षालाई आजको समय र देशको आवश्यकतानुसार गुणस्तरीय शिक्षाका रुपमा विकास गर्ने लक्ष्य राख्दै मदन भण्डारी चिकित्सा विज्ञान प्रतिष्ठान स्थापना गरिएको र यसले बिहानले दिन देखाउँछ भने जस्तै सुरुवात मै सफलता पाएको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

सृजनात्मक ढंगले स्वास्थ्य क्षेत्रलाई अघि बढाउने कुरामा महत्वपूर्ण ढंगले काम गर्ने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गरे । अहिले हाम्रो देश सहित सिंगै विश्व महामारीसँग लडिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई देशले छिट्टै पराजित र त्यसपछि आउने स्वास्थ्य समस्याहरु र अन्य सेवा आवश्यक पर्ने अवस्थामा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु मूल लक्ष्य रहेको समेत बताए ।

नेपाल औषधी विज्ञान र स्वास्थ्य उपचारमा परम्परागत चिकित्सा पद्धतिको प्रयोग गर्दै अघि बढने प्रधानमन्त्रीको भनाइ थियो । नेपाल जडिबुटीको केन्द्र भएको देश विगतमा ऋषिमुनीले शल्यचिकित्सा औषधी विज्ञानको विकास गर्दा यस क्षेत्रको असाधारण योगदान रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस