२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनविरुद्ध एकमहिने अभियान

अ+ अ-

काठमाडौँ । मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले एक महिने अभियान थालेको छ । बेचविखन रोक्न तथा बेचविखनमा परेकाहरुलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरुआत गरिएको हो ।

भर्चुअल माध्यमबाट आज एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरु गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिए । छलफलमा देशभरीबाट एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो । मानव बेचबिखन न्यूनीकरण गर्न युवाको विशेष भूमिका हुने भन्दै उनीहरुलाई सचेत गराउन जरुरी रहेको सुनारले बताए । छलफल र तालिमका माध्यमबाट युवामार्फत समाजमा सकारात्मक सन्देश जाने उनको भनाइ छ ।

सचेतना अभियानलाई फरक र प्रभावकारी ढङ्गबाट गर्न खोजिएको स्कलर्स स्पेसका मुख्य बजार अधिकृत धिरज पौडेलले जानकारी दिए । एक महिने अभियानका क्रममा मानव बेचबिखन विरुद्ध जागरुकता फैलाउनका लागि समाजमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्तिहरुसित अन्तरक्रिया तथा समूहमा छलफल गरिने उनले बताए ।

समाजलाई केही दिनुपर्छ भन्ने उद्देश्यका साथ युवाहरुको समूहले अभियान थालेका हुन् । तालिममा सहभागीबाट सङ्कलन भएको रकम आगामी साउन १५ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका दिन माईती नेपाललाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी माइती नेपालकी सजनी जोशीले स्कलर्स स्पेसको अभियानमा माइती नेपालको साथ रहने र मानव बेचविखन अन्त्य गर्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता पर्छ भने ।