९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रको निरीक्षण

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री खड्काले स्थलगत अवलोकन गरेर जानकारी लिएका हुन् ।

यस क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएको जनाउँदै उनले सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले वर्षायामको बाढीका कारण यस क्षेत्रका सर्वसाधारण वर्षेनी समस्यामा परिरहेकाले यसको चाँडो समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।

बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछानेले वर्षात्का समयमा यस क्षेत्रका विभिन्न स्थानमा क्षति पुग्ने गरेको जनाउँदै समस्याको समयमा नै समाधान नखोजेमा दीघकालीनरुपमा ठुलो असर पार्ने बताए ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत थापा, गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेस वडा नं ३२ का सचिव किसन परियार, नेपाल तरुण दल वडाका पूर्व अध्यक्ष कीर्तिराज खनाललगायतले यस क्षेत्रमा बाढीले पार्ने गरेको प्रभाव र समाधानका उपायलगायतका विषयमा मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस