२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम

अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेशका क्रियाशील पत्रकारका लागि यही साउन २२ गतेदेखि सुरु गरिएको आचारसंहितासम्बन्धी तीन दिने तालिम आइतबार सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउन्डेसनले आयोजना गरेको सो तालिममा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका सबै जिल्लाका २४ क्रियाशील पत्रकारको सहभागिता थियो ।

तालिममा वरिष्ठ पत्रकार प्राध्यापक रामाकृष्ण रेग्मी, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा सुरेश आचार्य र धर्मेन्द्र झा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठक, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र पत्रकार डिल्लीरमण सुवेदीले प्रशिक्षण दिएका थिए।

प्रशिक्षकले पत्रकार आचारसंहिता विश्व परिवेश र नेपाल सन्दर्भ, आचारसंहिता नियमनमा प्रेस काउन्सिलको भूमिका, छापा सञ्चारमाध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियामा आचारसंहिताको पालनासम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । विभिन्न सञ्चारमाध्यममा कार्यरत क्रियाशील सहभागी पत्रकारले सो तालिम उपलब्धिमूलक भएको बताएका थिए ।

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रेग्मीले अहिलेको इन्टरनेटको युगमा आचारसंहिताको बहस कठिन विषय भएको बताए। उनले कागजको पानामा मात्र सीमित नभएर मोबाइलको स्क्रिनमा सूचना प्रवाह भइरहेको यो आधुनिक युगमा पत्रकारले मात्र नभएर सञ्चारकर्मीले पनि आचारसंहिता पालना गर्नुपर्छ भने । अहिले सन्देश दिने र लिने को हुन् भनेर छुट्याउनै कठिन अवस्था आएको भन्दै उनले त्यसैले पनि पत्रकारको आचारसंहिता अहिले झन् बढी सान्दर्भिक भएको धारणा राखे ।

तालिम कार्यक्रमको समापनमा फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले प्रशिक्षक, प्रशिक्षार्थी र सहयोगी संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमबाट आफूले पनि पत्रकारिताको आचारसंहिताको कति धेरै महत्त्व रहेछ भन्ने कुरा बुझ्ने अवसर पाएको बताए।

यसअघि सो संस्थाले प्रदेश नं १ का पत्रकारलाई विराटनगरमा र २ को जनकपुरमा यही तालिम सम्पन्न गरिसकेको छ । त्यसै गरी गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पत्रकारका लागि भने भर्चुअल विधिबाट तालिम सम्पन्न भएको सो फाउन्डेसनले जनाएको छ ।