११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो ।

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । नेपाली टोलीले हाल कास्कीको पोखरामा अभ्यास गर्दै आएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।

कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले भदौ १७ र भदौ २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्नेछ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि असोज ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलङ्कासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बङ्गलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्ने छन् ।

हाल पोखरामा बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा हुन् ।

प्रतिक्रिया दिनुहोस