२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले अध्यक्ष ओली र एमसीसीका उपाध्यक्षसहितको टोली बीच भेटबार्ता

अ+ अ-

काठमाडौँ । अमेरिकी आर्थिक लगानी मिलिनियम च्यालेन्ज ककर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीले राजनीतिक भेटयात्रा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि सुरु गरेका छन्।

चार दिने नेपाल भ्रमणका लागि बिहिबार बिहान काठमाडौँ आएका एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोलीले एमाले अध्यक्ष ओलीसँग पहिलो भेट गरेका हुन् ।

अमेरिकी सहयोग एमसीसी सम्झौताका विषयमा भएको विवाद पछि नेपाल सरकारले सोधेको प्रश्नको जवाफ पठाएको भोलीपल्ट नै एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौँ उत्रिएको थियो। नेपालमा एमसीसी परियोजना स्वीकार नहुने भन्दै तिव्र विरोधबीच काठमाडौँ उत्रिएको उक्त टोलीले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा भेट गरेको छ।

सत्ताको अर्को प्रमुख गठबन्धन घटक नेकपा माओवादी केन्द्रले एमसीसीले दिएको जवाफ स्वीकार्य नभएकाले सदनबाट पास गर्न नसकिने बताएका बेला प्रमुख भेट नै ओलीदेखि सुरु गर्नुलाई महत्वपुर्ण रुपले हेरिएको छ।

ओलीपछि एमसीसीको अस्थायी कार्यालय होटेल याक एन्ड यतिमा निरिक्षण सकेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।

त्यसपछि सत्ता घटक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग पनि भेट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।