२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्‍याएकी छिन् ।

आज (शनिबार) महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने जानकारी गराइन् ।

नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।

‘मैले माधव कमरेडलाई पटक–पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु’, उनले भनिन्, ‘तर उहाँले पाटी नै दर्ता गरिसक्नु भयो। उहाँको आफ्नै कुरा होला ।’ आफू सरकारमा जाँदा नेकपा एकीकृत समाजवादी दर्ता नभएको बताउँदै उनले अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्यले एमाले छाडेकाले अल्पमतमा परेको मुख्यमन्त्री शाक्यले बताएकी छिन् ।

नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै एमालेको उपलब्धि र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् । उनले बागमती प्रदेश सरकारको आयु लामो नभएको सङ्केत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।

महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको अवस्थामा जिल्ला कमिटीका पदाधिकारीले शपथ ग्रहण समेत नलिएकोतर्फ नेता कार्यकर्ताले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।