१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२००७ सालको क्रान्तिसँग जोडिएको सङ्गठन हो नेपाल प्रहरीः मुख्यमन्त्री पोखरेल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको सङ्गठन भएको बताएका छन् ।

६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालको परिवर्तन पछि नेपाल प्रहरीका रुपमा बनाइएको हो भने ।

स्थापनाकालदेखि नै देशमा लोकतन्त्रको स्थापनासँगै जनताको हक अधिकार स्थापित गराउन, शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको जनाउँदै उनले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा यस सङ्गठनले उदाहरणीय काम गरेको बताए ।

शान्ति सुरक्षासँगै महामारीजन्य प्रकोपमा पनि नेपाल प्रहरी अहोरात्र खटिएको स्मरण गर्दै उनले प्रहरी दिवसका अवसरमा देश र जनताका लागि विगतमा जस्तै खटिने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रहरी नायब महानिरिक्षक दिवेश लोहनीले देश, जनता र सङ्गठनको गरिमा उचो हुने गरी नेपाल प्रहरीले योगदान दिँदै आएको बताउँदै अग्रजको प्रेरणा, कर्तव्य परायणता र गौरवमय इतिहासलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । उनले कानुनको निष्पक्ष कार्यान्वयन, शान्ति सुरक्षा र अमनचयन जस्ता कुरालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनानएका थिए । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्रसहित नगद सहयोग रकम हस्तान्तरण गर्नुका साथै सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी र विभिन्न सङ्घ संस्थालाई सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस