१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय परिवार बाढीपीडितलाई राहत दिँदै एनआरएनए

अ+ अ-

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ ।

भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधारा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज (आइतबार) साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिए ।

‘पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बिर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो’, संयोजक गोर्खालीले भने, ‘पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दै छौँ ।’

उनले पहिलो चरणमा पीडित बस्तीका अति विपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिए। प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई रु ३५ हजार बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ ।

एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ । यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष माधव जोशीले दोधारा–चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताए ।

‘वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ’, उनले भने, ‘आजैदेखि राहत वितरण सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस