९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोपत्र गर्नासाथ भत्किएको चापागाउँ–लेले सडक पुनः निर्माण गरिने

अ+ अ-

काठमाडौँ । सडकमा कालोपत्र गरिएको केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो ।

चापागाउँ सडकमा अहिले भइरहेको संरचनामध्ये ‘बेस’ मात्रै काम लाग्ने देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । त्योभन्दा माथि नयाँ मसला हालेर सुरुदेखि नयाँ कामका रुपमा गरिने आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए ।

उनका अनुसार जहाँ जहाँका सडक भत्किएको छ त्यहाँ नयाँ नै देखिने गरी निर्माण गरिने छ । प्रमुख पाण्डेले भने, ‘केही भागमा थोरै उप्केकामा मर्मत गरे पनि ठुलो क्षति पुगेको ठाउँमा भने पुनः निर्माण नै गर्नुपर्छ ।’

आयोजनाले यो महिनाको अन्तिमसम्ममा उक्त सडक निर्माण गरिसक्ने लक्ष्य लिएको छ । आगामी चैतसम्म निर्माणको अवधि भए पनि त्योभन्दा पहिले नै सम्पन्न गरिने उनले बताए । प्रमुख पाण्डेले भने, ‘सम्भव भएसम्म यही महिना भित्रै सकाइने छ ।’ कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको थियो । अहिले सडकमा खाल्डो र धुलोका कारण हिँड्नै कठिन भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको थियो ।

सुनाकोठीमा सडक हिलाम्मे हुँदा मोटरसाइकलमा सवार आफू दुर्घटनामा परेको लेलेका सुनिल थापाले बताए । हिलाम्मे सडकमा जाम हुँदा आफू यो वर्ष दुई पटक चिप्लिएर लडेको उनको भनाइ थियो । आफूलाई ठुलो चोट नलागे पनि सँगै रहेकी छोरीलाई हातमा चोट लागेकाले उपचार गराउनु परेको यात्रु थापाले गुनासो गरे । वर्षाले खाल्डो पुरै भरिँदा कहाँ खाल्डो छ र कहाँ छैन भन्ने थाहै हुँदैन । उनले भने, ‘समथरै होला भनेर लैजाँदा लड्ने सम्भावना रहन्छ ।’

कूल २० मिटर सडक चौडा गर्ने गरी आयोजनाले पाँच वर्ष पहिले ठेक्का सम्झौता गरेकामा सडक विस्तार गर्न नसकिएपछि उपलब्ध पाँच/छ मिटर चौडाइमै कालोपत्र गरिएको थियो । सडकको चौडाइ कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको आयोजनाले जनाएको छ । सडकमा भएको ३०/४० वर्ष पुराना पाइप फुटेर पानी जमेकाले पनि कालोपत्र उप्काएको थियो ।

पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुवै तहलाई भिजाएकाले चाँडो कालोपत्र उप्केको बताइएको छ । टाखेलदेखि सुनाकोठीसम्मको सडक गत वर्षामा जुन अवस्थामा थियो यो वर्षको वर्षा याममा पनि त्यही अवस्थामा पुगेको छ । सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ । अहिले निर्माण कम्पनीले निर्माण सामग्री र उपकरण लगेर तयारी गरिसकेको देख्न सकिन्छ ।

साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल थिच्न प्रयोग गरिने हेभी उपकरण) प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ । ग्राभेल र त्योभन्दा तल्लो तहलाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरीकनै कालोपत्र गरिएको थियो । स्थानीयवासीले रोलिङ गर्दा कम्पनले पुरानो घरलाई कमजोर बनाएर घर भत्किन्छ भन्दै रोलिङ गर्न दिएका थिएनन् । ग्राभेल खँदिलो (कम्प्याक्ट) हुन नपाएपछि प्वाल प्वालबाट पानी छिरेको सडक विभागका इन्जिनियरले बताउँदै आएका छन् ।

निर्माण व्यवसायी आफैँले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउनु पर्ने अवधि हुन्छ । त्यसैले निर्माण अवधिमै सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जनाएको छ । सडकका ठाउँ ठाउँमा खाल्डैखाल्डा हुँदा यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको थियो । चापागाउँ, ठेचो, सुनाकोठीलगायत स्थानमा सडक साँघुरा छन् । यी ठाउँहरुमा ठुला सवारीसाधन आउँदा घण्टौँसम्म पनि सडक जाम हुने गरेको छ । खास गरी कार्यालय समयमा लामो समय सडक ठप्प हुँदा स्थानीयवासी हैरान हुँदै आएका छन् ।

झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्काको अवधि सकिएको भएपनि निर्माण स्थल खाली नगरिएकाले अवधि थप हुँदै आएको छ । गत आवमा कोभिडको सङ्क्रमणका कारण अवरोध पुगेका सडकमा छ महिना थप्न गर्न सरकारले निर्णय नै गरेको थियो । चालु आवमा पनि सरकारले छ महिना थप्ने निर्णय गरिसकेको छ ।

सरकारले पाँच वर्ष पहिले नै काठमाडौँ उपत्यकाका तीनै जिल्लाका गरी १० स्थानका सडक विस्तार सुरु गरेको थियो । आयोजनाले ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता गरेको थियो ।

त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२ दशमलव ४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी खोला तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारका क्रममा छन् । तीमध्ये अहिलेसम्म नागढुङ्गा–त्रिपुरेश्वर सडक मात्रै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस