२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूर पश्चिम उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यताबारे छलफल

अ+ अ-

कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) ले सुदूर पश्चिम प्रदेशको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल गरेको छ।

सुदूर पश्चिमको समग्र विकाशमा टेवा पुग्ने गरी उच्च शिक्षा नीति कस्तो हुन पर्छ र स्थापना गर्न खोजेको विश्व विद्यालय कसरी सुदूर पश्चिमको माटो सुहाउँदो र विश्व स्तरीय बनाउन सकिन्छ भन्ने अध्ययनका लागी गठित कार्यदलले शैक्षिक व्यक्तित्वहरूसँगको संवादका क्रममा सोनसिकसँग अनलाइन छलफल भएको हो ।

अध्ययन कार्य दलका संयोजक डा. खेम राज जोशी, कार्य दल सदस्यहरू तथा कोरिया र अन्य देशमा अध्यापन तथा अनुसन्धानमा दखल राख्नेहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा सोनसिकका सभापति दीर्घ राज जोशीले यो एक नयाँ आयाम भएको बताएका छन् ।

कोरिया बाट डा. अग्नि राज कोइरालाले कोरियाको शिक्षा प्रणाली र डा. ज्ञानेन्द्र जोशीले प्राध्यापन तथा अनुसन्धानको अनुभव व्यक्त गरेका थिए । त्यसैगरी कोरियाका अनुसन्धाता डा. दीपेन्द्र खड्का, डा. रामेश्वर पण्डित र डा. यज्ञ पाण्डे लगायतले विश्व विद्यालयकुनैपनि हालतमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने बताए ।

अमेरिकाबाट जोडिएका डा. रमेश पन्तले आफूले डा. सूर्यराज शर्मासँग काठमाडौँ विश्वविद्यालय स्थापना गर्दाको अनुभवदेखि अमेरिकामा अध्ययन, अनुसन्धान तथा प्राध्यापनको अनुभव सुनाएका थिए । अमेरिका बाटै डा. तारामानले विश्व विद्यालय अनुसन्धानमा आधारित र दलीय प्रभावबाट मुक्त हुनुपर्ने धारणा राखे ।

सहभागीहरूले विश्वविद्यालयमा कुनै पनि दलिए विद्यार्थी सङ्गठन नरहने, कर्मचारी युनियन नरहने, विद्यार्थीको विकाशका लागी विभिन्न स्वतन्त्र क्लबहरूसम्म रहने गरी दुई हजारदेखि तिन हजार बिघा जमिनमा स्थापना गर्ने गरी सरकारलाई सुझाइदिने कार्यदलका संयोजकले बताए ।