२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरान छुट्टै विशेषता बोकेको सहर – प्रधानमन्त्री देउवा

अ+ अ-

धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताएका छन् ।

आज धरान सहर १२१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताए । आफ्नै विशिष्टताका कारण धरानले आफ्नो १२१ औँ उत्सव मनाउन पाएको भन्दै उनले धरानको समग्र विकासका लागि सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्याबारे सरकारले अध्ययन गरिरहेको र चाँडै निकास निकाल्ने बताए । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रतिष्ठान सुधारमा सरकार लागि परेको बताए । उनले धरानलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाइने बताए ।

नेपाली कांग्रेसको सभापतिसमेत रहेका उनले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताए । पार्टीका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेमा मात्र पार्टीमा एकता कायम हुने उनको भनाइ थियो ।

सांसद जयकुमार राईले प्रधानमन्त्रीलाई धरानमा खानेपानी र बेरोजगारी समस्याका कारण व्यापारी, उद्योगी बसाइँ सरेको जानकारी गराएका थिए । उनले धरानको ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री देउवाले सुनसरीको धरान–६ मा भेन्टर वेभ टु इनर्जी कम्पनीको करिब रु २६ करोडको लागतमा निर्माण हुन लागेको फोहोर व्यवस्थापन केन्द्रको उदघाटन गरे ।

सो कम्पनीले निर्माण गर्न लागेको फोहोर व्यवस्थापन केन्द्रबाट धरान उपमहानगरपालिकामा हुने फोहोरलाई प्रशोधन गरेर ग्यास उत्पादन गर्ने र उत्पादित ग्यास उपभोक्तालाई विक्री वितरण गर्ने तयारी रहेको छ । बीस वर्षपछि उक्त प्रशोधन केन्द्र उपमहानगरपालिकालाई कम्पनीले हस्तान्त्रण गर्नेछ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले धरान–२ मा रहेको नेपाली काङग्रेस नगर पार्टी कार्यालयको समेत उदघाटन गरेका थिए।